कोरियामा कार्यावधि कम भएका कामदारहरुसँग एचआरडी कोरिया र विदेशी कामदार सहयोगी संस्थाले अन्तरक्रिया गर्ने

4466

स्वेच्छिक घर फिर्ती, स्वास्थ्य परामर्श तथा समसामयिक विषयमा अन्तरक्रिया गरिने भएको छ। एचआरडी कोरिया र फरेन वर्कर सर्पोट सेन्टर नाम्बु शाखासँगको समन्वयमा उक्त अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको हो । आउने जुन ३ तारिक आइतवारको दिन दिउसो १ बजे देखि बाट ५ बजेसम्म सउलको नाम्बुसुन्ह्वान, गुरोमा उक्त कार्यक्रमको आयोजना गर्न लागिएको छ । इपिएस अन्तर्गत दक्षिण कोरिया आई कार्यरत खासगरि कार्य अवधि समाप्तीसँगै स्वदेश फर्कने अवस्थामा पुगेका कामदारहरुलाई स्वदेश फिर्ताका लागि गर्नुपर्ने विविध तयारी सम्वन्धमा सहजीकरण गर्न उक्त कार्यक्रम आयोजना गर्न लागिएको बताइएको छ । विगत केहि समय यता दक्षिण कोरियामा नेपाली कामदारहरु माझ देखिएको स्वास्थ्य समस्या सम्वन्धी विषय तथा राजदुतावासबाट प्रदान गरिने कन्सुलर सेवा सम्वन्धमा प्रस्तुतीकरण समेत कार्यक्रममा गरिनेछ । कार्यक्रममा कोरियामा रहेका नेपालीहरुलाई उपस्थितीका लागि आयोजकले अनुरोध गरेको छ ।
स्थान : B Dong Auditorium of the foreign Workers support Center, Nambu, seoul

Address : 1291, Nambusunhwan-ro, Guro-gu, seoul

Phone Number : 02-6900-8243

प्रतिक्रियाहरू