कोरियामा कोभिड-१९ :पछिल्लो समय स्थानीय भन्दा बाहिर बाट संक्रमित भै आउनेको संख्या धेरै

913

दक्षिण कोरियामा पछिल्ला केहि सातादेखि बाहिर बाट कोरोना संक्रमित भै आउनेको संख्या बढ्न थालेको छ l कोरिया रोग नियन्त्रण केन्द्रका अनुसार पछिल्लो २४ घन्टामा थपिएका २८ जना नयाँ संक्रमित मध्ये बाहिर बाट संक्रमित भै आउनेको संख्या २३ छ l

त्यस्तै गएको शनिवार ३ महिना यताकै सबैभन्दा धेरै १ सय १३ जना नयाँ संक्रमित थपिएका थिए जसमध्ये बाहिर बाट संक्रमित भै आउनेको संख्या ८६ रहेको थियो l

बाहिर बाट संक्रमित भै आउनेमा धेरैजसो हालै इरान बाट ल्याइएका  कोरियन नागरिक तथा  कोरिया आइपुगेका रसियन नाविहरु छन् l

हाल सम्म कुल संक्रमितको संख्या १४  हजार २सय ३ पुगेको छ l त्यस्तै उक्त अबधिमा मृत्युहुनेको संख्या १छ भने निको भै घर फर्किनेको संख्या १०२  रहेको  छ l

पछिल्लो २ दीनमा  नयाँ संक्रमितको संख्या ३० जना भन्दा कम  छ l सोमबार २५ जना मात्र   नया संक्रमित थपिएका थिए  l
कोरियामा कोरोना भाइरसका कारण हाल सम्म मृत्यु हुनेको संख्या  ३ सय  पुगेको छ भने १३  हजार ७ जना निको भैसकेका छन् l

कोरियाले हासम्म १५ लाख ३७ हजार ७ सय ४ जनाको पिसिआर प्रविधि बाट कोरोना परिक्षण  गरेको छ।

प्रतिक्रियाहरू