कोरियामा कोरोना भाइरसको कहर :सतर्कता र नेपालीको अबस्था

502

दक्षिण कोरियामा हाल महामारीको रुपमा फैलिरहेको कोरोना भइरस को जोखिम लाइ कम आकलन गर्न  सकिदैन ।भाइरस संक्रमणको जोखिमको बिचमा यहा रहेका नेपालीहरु पनि उतिकै सतर्क रहेका छन । भाइरस संक्रमण हुने जोखिमलाई प्रथामिकता दिएर शहर बजार एवमबाहिर घुमफिर गर्ने गतिबिधि कम  भएको छ। कतिपय कम्पनिमा काम समेत घटेको छ भने कम्पनि हरुले आफ्ना कामदारला हरुलाई बाहिर  नजान र जानै परे सतर्कता अपनाउन भनेको छ।तापनि कम्पनिमा कामगर्ने कोरियन कामदार हरु वाहिर बाट आउने र कति कोरियन हरु स्वास्थ राम्रो भए केहि नहुने र कति ले हानानिम ले बचाउछन भन्ने धार्मिक मानसिकता समेत रहेको पाइएको छ। “हामिले मात्र सतर्कता अपनाएर केगर्नु कम्पनिले पनि त्यसको बिषयमा गम्भिर हुनु पर्छ। हामिलाइ मात्र बाहिर नजा भन्ने कन्पनिले सुरक्षाको उपाय अबल्म्बन नगर्ने बाहिरबाट आराबाइट पार्टटाइम कामदार ल्याउछ। एउटा माक्स त देको छैन  कमसेकम कम्पनिमा आउनेहरु को तापक्रम जाच गरेर संकालागेकालाइ पस्न नदिने ब्यबस्था गरिदीनु पर्छ “भन्छन उम्संग थेसोमा कार्यरत लक लामा ,कम्पनि बाहिर जान नपाए पछि कम्पनिनहरुमा  कन्पनिका साथि भाई भेलाभइ कोरोनाभाइरस को चासो र चिन्ता नै चर्चा को बिषय बनेको छ।बजार मार्टहरुमा  खानेकुरा किन्न जादा पनि एकदम सचेत भएर हिडनु पर्ने अबस्था चै छ।

यहा बिधालय ,बिश्वबिधालय तथा सार्बजानीक सभा सम्मेलन कार्यक्रमहरु केहि समयका लागी ठप्प छन। अहिले धार्मिक समुदायवेस को घटना बढी देखिएको छ। सिन्छेन्जी क्थोलिक ईसाइ परिवार को चर्चको सदस्यहरुमा बढी संक्रमण फेला पर्नु उक्त सनुदायमा रहेको धार्मिक अन्धविश्वास मुख्य कारण हुन सक्ने बिस्लेसण गर्न थालिएकोछ। वुवान चाइना बाट फैलिएको कोरोना भाइरस आफन्नो देशमा फैलिन नदिन शुरुमा दक्षिण कोरियाले बिभिन्न सुरक्षात्मक उपायहरु अपनाउदै भाइरस संक्रमण लाइ रोक्ने हर प्रयास बाबाजुद एकाएक महामारिको रुपमा भाइरस फैलिदा बिश्वको ध्यान दक्षिणकोरियामा खिचीएको छ। कोरियाली भुमीमा यसरी भाइरस फैलिनुमा थेगु सिथित क्याथोलिक चर्च सिन्छोन्जीमा भाइरस सॅक्रमित एक महिला १२०० जना जति उपस्थित प्राथाना सभामा सहभागी भएपछी उक्त सभामा उपस्थित भएका अधिकांस व्यक्तिहरु कोरोना भाइरसबाट संक्रमित भएको फेला परेको हो।मुख्य प्रभाबित थेगु छंग्दो ख्यंसंगनामंदो क्षेत्रनै हो कुल संक्रमित मध्य ८०प्रतिसत बिरामी त्यहि क्षेत्रका छन्।सुरुमा उक्त चर्चवाट फैलिएको भाइरस ब्यापक धार्मिक अनुयायी हरुबाट नै प्रतक्ष्य या अप्रतक्ष्य रुपमा अन्यत्र पनि फैलिएको पाइएको छ।यहा रहेको करिब ४५ हजार नेपालीहरु पनि चनाखो र सतर्क रुपमा बसेका छन। भाइरस सॅक्रमण अत्यन्त छिटोरुपमा ब्यापक भएको कारण अहिले बाहिर निस्कन पनि कतै भाइरस सॅक्रमणमा परिन्छकी भन्ने डर र चिन्ता सबैलाइ भए पनि केहि मिडीया हरुमा आएका अफाह हरुले यहाका नेपालीलाई भन्दा पनि नेपालमा रहेका उनिहरुको परिबारमा बढी त्रास फैलिएको पाइएको छ र कति त पारिबारीक दबाब को कारण कोरियाको बसाइ छोट्टाएर या कति बिदा मिलाएर घर फर्कन थालेका छन। कति पर्ख र हेर को स्थितीमा छन भने कति त बरु सचेत र सतर्क भएर बस्ने नेपालमा घर वेवहारगर्दा लागेको रिन तिर्न भएपनि यही वस्ने मनस्थितीमा छन।शुरुमा भाइरस संक्रमण भएकोथाहा नहुने र सॅ्क्रमण भएको थाहा हुन क्वारेनटाइनमा बसेर निरिक्षण  गर्नु पर्ने हुदा महामारीको को त्रास उतिकै भएपनि कति नेपाल मा भन्दा उपचार बेवस्था सतरकर्ता दक्षिण कोरियामा अत्यन्त राम्रो भएको ले आतिनु पर्ने अबस्था नभएको बताउछन । कोरोना  भाईरस बाट बच्नकाे लागि काेरियामा कार्यरत नेपाली डाक्टर राजेश चन्द्र जाेशिले आत्मरक्षामा जाेड दिदै आफ्नो स्वास्थ्यमा विशेष ख्याल गर्न सुझाव दिनुभएको छ । वहाँले भिडभाडमा सके सम्म नजाने जादाँ मास्क प्रयोग गर्ने , नियमित रुपमा हात धुने, तातो पानी प्रयोग गर्ने , नियमित खानपान गर्ने , , रोग प्रतिरोधी आत्म रक्षा प्रणाली विकास गर्न भिटामीन युक्त खानेकुरा हरुखाने साथै मल्टी भिटामिनहरु खाने जस्ता महत्वपूर्ण सुझावहरु छन्।राजदुतावासले पनि सुचना जारी गर्दै यहा रहेका नेपालीहरुलाइ न आतिन र आबस्यक परामर्स र सहयोग गर्ने जनाएको छ। श्रम सहचारी डिल्लिराम बास्तोला ले फेसबुक लाइभ मार्फद नेपालीहरुलाई न आतिकन सतर्क भएर बस्न समस्या परे परामर्स लिन सुझाउनु भएको छ। हाल सम्म कोरियामा नेपालीहरु सुरक्षित नै छन।

यहा रहेका नेपाल बंगलादेस पाकिस्थान लागायत अन्य बिदेसीकामदार हरुलाइ। क्षित गर्दै कोरिया सरकारले बिभिन्न सुबिधाका कार्यक्रम समेत सार्बाजानीक गरेकोछ। बिदेसी कामदार हरुलाई भाइरस संक्रमण भए निशुल्क उपचार गरिदीने भिसा सकिन लागेका कामदार हरुलाइ ५० दिनको भिसा दिने । कम्पनि परिबर्तन गर्ने मय ९० दिनको सिमा रहेकोमा थप २ महिना सुबिधा दिने भिसा सकिएका अबैधानिक कामदारलाई भाइरस संकॅरमण भएको अवस्थामा उनिहरुलाइ धरपक्कड नगरिकन उपचारको बेबस्था मिलाउने लगायत छन।उच्च सतर्कता का बाबाजुद दिन चौगुना भाईरस संक्रमणको संख्या बढनु चिन्ताको बिषय अबश्य हो । भाईरस फैलिएको दुईवटा शहरमा चहल पहल एकदम न्युन छ।दक्षिणकोरियाका अन्य शहर हरुमा पनि मानिसहरुको चहलपहल मा कमि आएको छ।यहा बिभिन्न ंशहरमा ब्यबसाय गर्दै आएका नेपालीहरु भाइरस को त्रासले चहलपहलमा कमिआएके कारण आफ्नो ब्यवसायमा कमि आएको बताउछन। नेपाली व्यबसायी नेपाली जनसम्पर्क समितीका पुर्व अधक्ष्य गिरीराज कुबर ले भाइरस संक्रमण को जोखिम का कारण नेपालीहरुको चहल पहलमा कमि आएको ले व्यबसायमा समेत त्यसको असर परेको बताउनु हुन्छ। उहा भाइरस को प्रभाब कति समय सम्म बस्छ भन्ने महत्वपुर्ण भएकोले सतर्कतालाई नै प्रथामिकता दिनु हुन्छ। मास्क को बजारमा चरम अभाब छ सरकारले प्रभाबित क्षेत्र हरुमा लक्षित गरि हुलाक बाट सिमीत संख्या तोकेर सहुलियत दरमा सर्वसाधरण हरुलाई सुरळित मास्कको व्यवस्था गरेको छ।ज्वरो सहित रुघा खोकी लागेका बिरामीहरुलाई उपचार गर्न बिशेस निगरानीका साथ सरकार स्वास्थ्य मन्त्रालय सरुवा रोग निवारण गर्ने बिभाग को समन्वयमा छुट्टै उपचार गर्ने सोधपुछ र जानकारी तथा आकास्मिक सेवालिन १३३९ को हटलाइन को सरकारले व्यवस्था समेत गरेको छ।भाईरस छकि छैन पत्तालगाउने  ,बिरामीको गतिबीधि निगरानी गरि सोधपुछ गर्ने व्यबस्थाका साथ आकास्मिक सुचना प्रत्येक ब्यक्तिका मोबाइल मा पठाउने हुदा  सहज भएको छ।भाइरस को महामारी बढ्दै गएको अबस्थामा नेपालीहरु पनि संक्रमणको जोखिममा पर्न सक्ने संभाबनालाई नकार्न सकिन्न। यहा रहेका ४० औ हजार नेपालीहरु को बिषयमा नेपाल सरकार अवस्य पनि गम्भिर बन्नु पर्दछ। यहा बाट फर्कने नेपाली लाइ मात्र नभएर भाइरस संक्रमण भएका देस बाट नेपाल आउने हरु प्रति कडा निगरानीको साथ त्रिभुबन अन्तराष्ट्रिय बिमानस्ंथल मा ससक्त चेक जाच गर्न प्रभाबकारी हेल्ंथ डेक्स को स्थापना साथ नेपाली चिकीत्सक हरुले समेत एउटा टिम बनाएर भाइरस फैलिन बाट रोक्न कदम चाल्नु उचित हुने हरी अधिकारी सुझाब दिनुहुन्छ। बिश्व स्वास्थ्य संगठन ले समेत उच्च जोखिमको सुचिमा नेपाललाई राखिसकेको अवस्थामा नेपाल ले केबल नेपाल भ्रमण बर्ष को नाममा पर्यटक भित्राउने नाममा सहज प्रबेस दिने काममा कडाइ गर्नु पर्ने धारणा नेपाली सम्पर्क समितीका निबर्तमान मरासचिब निर्मल बेलवासे राख्नु हुन्छ।दक्षिणकोरियामा भाइरस फैलेको कारण ८० भन्दा बंढी राष्ट्रले दक्षिण कोरिया हुदै आउनेलाइ आफ्नो देशमा प्रबेस नदिने घोषणा गरिसकेको अबस्थामा नेपाल ले पनि प्रतिकुल बातावरणमा सोहि अनुसार कदम चाल्नु पर्ने बरु भ्रमण बर्ष अर्को बर्ष लाई सार्न सकिनछ। सरकारले नेपाली जनताको स्वास्थ्यलाई महत्वपु्र्ण मान्नुपर्छ किनकी कथम कदाचीत भाइरस फैलिए नेपाल जस्तो कमजोर स्वास्थ्य प्रणाली भएको देशमा भयाबह हुने। रेसम फलामी सरकारलाइ सुंझाब दिनुहुन्छ।पछिल्लो जानकारी अनुसार ३६सय को हारहारीमा दक्षिणकोरियामा संक्रमित फेला परिसकेको र १८जनाको संक्रमणको कारण मृत्यु भंइसकेको र ३० जना उपचार पछि घर फर्केका छन भने केहि लाई पुर्ण निको भए पनि पुन भइरस संक्रमण भएको दक्षिण कोरिया को सरुवा राेग नियन्त्रण बिभाग ले जनाएको छ।

प्रतिक्रियाहरू