कोरियामा कोरोना भाइरसको प्रकोप बढ्न थालेपछि सार्बजनिक स्थलहरु पुनःबन्द,सभा समेलनमा समेत निषेध

1602

दक्षिण कोरियामा कोरोना भाइरसको प्रकोप पुनः बढ्न थालेपछि सरकारले सार्बजनिक स्थलहरु  बन्द गर्ने निर्णय गरेको छ l पछिल्लो समय कोरियामा लोकप्रिय बनेको अनलाइन सपिंङ कुपाङ बाट सामुहिक संक्रमण फैलिन थालेपछि सरकारले सो निर्णय गरेको हो l

शुक्रबार देखि लागु हुनेगरी दुइ हप्ताको लागि बन्द गरिने स्थानहरुमा राजधानी सियोल इन्छन तथा ख्याङ्गिदोमा रहेका संग्रालय , पार्क ,थिएटर , ब्युटी पार्लर , रात्रि क्लब ,आर्ट ग्यालरी आदि छन् l

त्यसैगरी जुन १४ सम्मको लागि सभा ,सम्मेलन तथा सार्बजनिकरुपमा  भिडभाडहुने कार्यक्रमहरु पनि बन्द गर्ने निर्णय गरेको  छ l अबस्था हेरिकन उक्त समय समेत लम्ब्याउन सक्ने स्वास्थ्य मन्त्रालयले बताएको छ l

कोरिया रोग नियन्त्रण केन्द्रका अनुसार गत  २३  तारिख देखि  अनलाइन सपिंङ कुपाङ बाट फैलिएको सामुहिक संक्रमणबाट हाल सम्म १ सय जना संक्रमित भैसकेका छन् भने उनीहरुसंग सम्पर्कमा आएका ३६ सय भन्दा धेरैको स्वास्थ्य परिक्षण गरिएको छ l

कोरियामा शुक्रबार थपिएका ५८ जना नयाँ संक्रमित मध्ये ५५ जना अनलाइन सपिंङ कुपाङ संग सम्बन्धित छन् l हाल सम्म कुल संक्रमितको संख्या ११ हजार ४ सय २ छ भने निको हुनेको संख्या १० हजार ३ सय ६३  पुगेको छ l त्यसैगरी मृत्यु हुनेको संख्या २ सय ६९ छ l
योंघाप

प्रतिक्रियाहरू