कोरियामा “कोरोना भाइरस चेकअप किट “खरिद अभियानको छोटो समयमै करिब ८० लाख रुपिया जम्मा

1148

दक्षिण कोरिया  लगायत  अति प्रभावित देशमा  अत्यन्तै प्रभावकारी बनिरहेको  “कोरोना भाइरस चेक अप  किट ” जसले मानिसको  शरीरमा भाइरस छ छैन भनेर ३ घन्टामै रिजल्ट दिन सक्छ l उक्त किट्स खरिदको लागी कोरियामा चलाइएको अभियानको पछिल्लो ३६ घन्टामा  ८  करोड वोन आर्थात नेपाली रुपिया करिब ८०   लाख जम्मा भैसकेको आर्थिक संकलन अभियन्ताहरुले बताएका छन् l

एनआरएन कोरिया तथा केहि स्वतन्त्र अभियन्ताहरुको संयुक्त प्रयास बाट गत बुधबार देखि अभियान शुरु गरिएको थियो l उक्त अभियान बाट संकलित रकमले छिटै “कोरोना भाइरस चेक अप  किट”  खरिद गरि नेपाल पठाउने तयारीमा रहेको एनआरएन कोरियाले जनाएको छ l पहिलो चरणमा २ हजार किट्स खरिद गरि नेपाल पठाइने छ l

पछिल्लो समय नेपाल कोरोना भाइरसको उच्च जोखिममा छ l हाल सम्म ३ जनामा भरस संक्रमणको पुष्टि भैसकेको छ भने आशंकामा आइसोलेसनमा राखिनेको संख्या ५ सय नाघेको छ l

आबस्यक श्रोत र साधनको अभाबमा शंका लागेपनि भाइरस चेक गराउन नपाउने अबस्था आइरहेको बेला  एनआरएनए कोरिया तथा स्वतन्त्र युवाहरुको यो कदमलाई बिश्वब्यापी रुपमै प्रसंसा गरिएको छ l
अभियान अझै २ दीन  सम्म चल्ने बताइएको छ  l

प्रतिक्रियाहरू