कोरियामा कोरोना भाइरस चेक गराउनेको संख्या २ हजार नाघ्यो ,एक हजार भन्दा बढीलाइ बिसेष निगरानीमा

1987

दक्षिण कोरियामा कोरोना भाइरस संक्रमणको आशंकामा चेकजाँच गराउनेको संख्या २ हजार ९७ पुगेको छ l  कोरिया रोग नियन्त्रण केन्द्र (KCDC)का  अनुसार यसरि चेकजाँच गरिएका मध्ये १ हजार ९० जनालाई बिसेष निगरानीमा राखिएको छ l उनीहरु  कोरोना  भाइरस संक्रमित संग सिधा सम्पर्कमा रहेको कारण बिसेष निगरानीमा राखिएको बताइएको छ l

त्यसैगरी रोग नियन्त्रण केन्द्रले जनाए अनुसार आइतबार थप एकजनामा कोरोना भाइरस पुष्टि भएको छ l उनीसंगै हाल दक्षिण कोरियामा संक्रमितको संख्या २७ पुगेको छ l संक्रमित मध्ये एक जना चिनिया महिला तथा एक जना कोरियन पुरुष पूर्ण रुपमा निको भै घर फर्किसकेका छन् l

संक्रमित मध्ये धेरैजसो हालसालै चीन तथा थाइल्याण्ड बाट फर्किएका कोरियन नागरिक छन् भने केहि उनीहरुको सम्पर्क बाट संक्रमित भएका छन्  l

गत जनवरी देखि चीनको वुहाम वाट फैलिएको कोरोना भाइरसका कारण हाल सम्म  ८ सय भन्दा बढीको ज्यान गएको छ भने विश्वभर ३७ हजार भन्दा बढी संक्रमित भैसकेका छन l

कोरियन अनलाइनको सहयोगमा

प्रतिक्रियाहरू