कोरियामा कोरोना भाइरस : थेगुको चर्चका १२ सय भन्दा धेरैमा लक्षण देखियो, पुष्टि हुन बाँकी , ६७० जना अझै सम्पर्क बाहिर

5256

पछिल्लो समय कोरियामा कोरोना भाइरसले महामारीको रुप लिएको छ l शनिवार साझ सम्म उक्त रोगका कारण ५ जनाको मृत्यु भैसकेको छ भने ६ सय भन्दा धेरैमा  संक्रमण देखापरेको कोरिया रोग नियन्त्रण केन्द्रले जनाएको छ l

यसैबीच कोरियामा कोरोना भाइरसको केन्द्र मानिएको थेगुकोको   शिन्छेङ्गी  चर्चका ९ हजार ३ सय ३४ जना सदस्य मध्ये थप १२ सयमा लक्षण देखिएतापनि पुष्टि हुन बाकि रहेको स्वास्थ्य अधिकारीहरुले बताएका छन् l त्यस्तै उक्त चर्चमा पटक पटक पुगेका ६७० जना अझै सम्पर्कमा नआएको कारण स्थिति थप बिकराल बन्न सक्ने बताइएको छ l हाल सम्म पुष्टि भएका ६ सय २ जना मध्ये ५ सय भन्दा धेरै  थेगु क्षेत्रका छन् l

 

थेगुको शिन्छेङ्गी  चर्चमा प्राथानाको लागी पुगेकी एक ६१ बर्षीय कोरियन महिला बाट संक्रमण शुरु भएको थियो l ति महिला फरक फरक मितिमा ३ पटक सम्म उक्त चर्च पुगेकी थिइन l हाल सम्म संक्रमणको  पुष्टि भएका ६ सय २ जना मध्ये ५ सय भन्दा धेरै जना थेगु क्षेत्रका छन् l

संक्रमणले महामारीको रुप लिन   थालेपछि कोरियाको थेगु शहर सुनसान  बन्न थालेको छ l मानिसहरु घर बाहिर निस्किन छाडेका छन्  l  मानिसहरु आवत जावत गर्न छाडेपछि   रेस्टुरेन्ट तथा व्यापारिक केन्द्रहरु समेत बन्द हुन थालेका छन् l

संक्रमण थप फैलिन नदिन स्थानीय प्रशासनले थेगु शहर तथा आसपासका क्षेत्रमा बस्ने २५ लाख मानिसलाई घर भित्रै बस्न  कडा निर्देशन जारि गरेको छ l
कोरिया टाइम्स

प्रतिक्रियाहरू