कोरियामा क्लबहरु बाट पुनः शुरु भयो कोरोना भाइरसको सामुहिक संक्रमण

2642

दक्षिण कोरियामा १ महिना देखि नियन्त्रणमा आएको कोरोना भाइरसको सामुहिक संक्रमण पुनः देखा परेको छ l पछिल्लो समय राजधानी सियोलको ब्यास्त बजार इथेवन बाट सामुहिक संक्रमण शुरु भएको कोरिया रोग नियन्त्रण केन्द्रले जनाएको छ l
आइतबार मात्र ३४ जना नयाँ संक्रमित फेला परेका छन् l सो संख्या अप्रिल ९ पछिको सबैभन्दा धेरै हो l
स्वास्थ्य अधिकारीहरुका अनुसार बिदेशी हरुको बाक्लो उपश्थिति रहने इथेवन का बिभिन्न रात्रि क्लब हरुमा एक जना २९ बर्षिय भाइरस संक्रमित पुगेपछि त्यहि बाट संक्रमण शुरु भएको हो l

उक्त संक्रमित ब्याक्ति मे १ देखि २ तारिख सम्म इथेवनका किंग क्लब , ट्रंक क्लब तथा क्लब क्विन लगाएतमा    बिभिन्न स्थानहरुमा पुगेको बताइएको छ l उक्त समयमा ति क्लबहरुमा १५ सय १० जनाको उपस्थिति रहेको अनुमान गरिएको छ l

यसैबीच कोरोना भाइरसको सामुहिक संक्रमण देखा पर्न थालेपछि सरकाले सियोल आसपासका सम्पूर्ण क्लब तथा बारहरु बन्द गर्ने निर्णय गरेको छ l  उक्त समयमा क्लबमा उपश्थित सबैलाई सम्पर्कमा ल्याई स्वास्थ्य परिक्षणको तयारि गरिएको बताएको छ l
हाल दक्षिण कोरियामा कोरोना भाइरस संक्रमितको संख्या १० हजार ८ सय नाघेको छ भने ९ हजार भन्दा धेरै निको भैसकेका छन् l

प्रतिक्रियाहरू