कोरियामा गायक शिव परियारको चोट दिई खोट लाउने गीतको म्युजिक भिडियो

918

नेपाली सांगितिक क्षेत्रका निकै चर्चित गायक शिव परियारको स्वरमा रहेको चोट दिई खोट लाउने बोलको गितलाई कोरियामा रहेका नेपालीहरुले म्युजिक भिडियो तयार पारेका छन् ।

निकै आर्कषक रहेको उक्त म्युजिक भिडियो भिसान मगरको निर्देशनमा तयार पारिएको हो । कमल परियारको शब्द तथा राजशुक्र लिम्वुको संगित रहेको उक्त गित पेन्जीले छायंकन गरेका हुन् । म्युजिक भिडियोमा विरेन नेपाली, अकिंता शेर्पा र भुवन क्षेत्रीको निकै दमदार अभिनय रहेको छ । उक्त म्युजिक भिडियो जुनतार पोडक्सनले बजारमा ल्याएको हो ।

कोरियामा कार्यरत भिसान मगर, पेन्जी, विरेन नेपाली लगायतको यस समुहले हालसम्म थुपै म्युजिक भिडियोहरु तयार पारिसकेका छन् । उनिहरु यस क्षेत्रमा निकै अनुभवी मानिन्छन् । उनिहरुले तयार गरेको म्युजिक भिडियो आर्कषक हुने भएकाले कोरियामा रहेका नेपालीहरुले निकै रुचाइरहेका छन् ।

प्रतिक्रियाहरू