गुल्मेली तीज धमाकाको सम्पूर्ण तयारि पुरा ,कलाकारहरु भोलि कोरिया आउदै ,महिलालाइ प्रवेश निशुल्क

1792

गुल्मी सम्पर्क समिति दक्षिण कोरियाले आयोजना गरेको तीज बिसेष तथा दर खाने कार्यक्रमको सम्पूर्ण तयारि पुरा भएको छ l प्रबासमा रहेका  कुनै पनि चेलीले बिसेष चाडको बेलामा एक्लो महसुस गर्न नपरोस तथा आफ्नो कला र संस्कृतिलाइ प्रवासमा पनि उजागर गर्न सकिओस भन्ने मुख्य उदेश्यका साथ आयोजना गरिएको उक्त तीज बिसेष कार्यक्रमको  लागि नेपाल बाट राष्ट्रिय स्तरका कलाकार हरु ऋतु थापा तथा राम चन्द्र  चन्द कोरिया आउने आयोजक गुल्मी सम्पर्क समितिले जनाएको छ l
कलाकारहरुको  सम्पूर्ण भिषा प्रक्रिया पुरा भएकोले भोलिनै  कोरिया आइपुग्ने समेत जनाइएको छ l बिसेष गरि हरितालिका तीज नारीजातिको पर्व भएकोले कार्यक्रम हल प्रबेश तथा दर बापत महिला हरुलाई कुनै शुल्क लाग्ने छैन भने पुरुष हरुको लागि पनि न्युनतम शुल्क तोकिएको छ  l
कार्यक्रममा नेपाली टिपिकल खानाका परिकार हरु राखिने छ भने भने राष्ट्रिय स्तर तथा स्थानीय स्तरका कलाकार हरुको समेत बिसेष प्रस्तुति रहने छ l
यहि सेक्टेम्बर ९ तारिख आयोजना हुने उक्त कार्यक्रम हल सम्म पुग्नको लागि दोंग्देमुन स्टेसन गेट नम्बर ४ बाट १०३ १५३ र १४२ नम्बर बस चढेर सम्बुक कुछन झर्ने वा ट्रेन लाइन नम्बर ६ बाट मुन स्टेसन झरेर समेत पुग्न सकिने छ l

प्रतिक्रियाहरू