कोरियामा चक्र थेरापीका नेपाली डाक्टर द्वारा एकदिने परामर्स सेवा ,मौकाको फाइदा लिन अनुरोध

470

दक्षिण कोरियामा  डिप्रेसन तथा मानसिन रोग  सम्बन्धि  समस्याको समाधान तथा जानकारी  का साथै ढाड दुख्ने,ब्लड प्रेसर,माइग्रेन्ट,मधुमेह जस्तो सबै खाले रोगहरुको  प्राकृतिक  विधिबाट उपचार  गर्ने बिशेषज्ञ  डाक्टर महेन्द्र श्रेष्ठ द्वारा एकदिने परामर्स सेवा उपलब्ध हुने भएको छ l
दक्षिण कोरियामा रहेका  नेपाली हरुमा डिप्रेसन , विभिन्न मानसिक समस्या हरु मृत्युको मृत्युको चाप बड्दै गरेको तथा यी समस्याहरुको  कसरी निराकरण गर्ने भन्ने बहस चल्दै गर्दा एनआरएन आईसीसी एशिया  प्यासिफिक  महिला   संयोजक जुनु गुरुङको बिसेष पहलमा उक्त परामर्श कार्यक्रम हुन लागेको हो l
चक्र   थेरापी बिना साइड इफेक्ट बिभिन्न रोगको प्राकृतिक  बिधि बाट उपचार गरिने  अत्यन्तै  प्रभावशाली पद्वती मानिन्छ l
यहि मे १९  तारिख दिउसो १२ बजे आईतबार  कोरिया को दुङ्देमुन गेट ३ नजिकै रहेको शुभेच्छा मार्टको हलमा समस्या को समधान बारे स्वास्थ्य परामर्श  दिईने भएकोले  कोरियामा रहेका सम्पूर्ण नेपाली दाजु भाइ दिदी बैनी हरु लाइ उपस्थित भई आ-आफ्नो समस्याको समाधान गर्नु हुन  बिसेष अनुरोध गरिएको छ l

स्थान:    सुभेक्षा  मार्टको हल

समय:    मे १९ आईतबार  दिउँसो १२ बजे

आयोजक: जुनु गुरुङ   ( एनआरएन आईसीसी एशिया  प्यासिफिक
महिला   संयोजक)

प्रतिक्रियाहरू