
किराँत याक्थुङ चुम्लुङ दक्षिण कोरियाले आउँदो डिसेम्बर १६ तारिख आइतबार कोरियाको सउलमा लिम्बू समुदायको महान चाड चासोक तङनाम भब्यरूपमा मनाइने भएको छ। लिम्बू समुदायको मौलिक चाड पर्वहरूको जगेर्ना गर्न र कोरियामा रहेको आम लिम्बु समुदाय तथा गैर लिम्बुहरू बीच सामिप्यता बढाउन कार्यक्रमको आयोजना गर्न लागिएको टंकेश लिम्बूले बताउँनुभयो। कार्यक्रममा लिम्बु समुदायसंग सम्बन्धित के लाङ ( च्याब्रूङ नाच) या लाङ (धान नाच) हाक्पारे पालाम (ख्यालि) हुनेछ, साथै लिम्बुहरूको पोशाक तागावा मेख्लि पर्दशन र लिम्बु मौलिक परिकारहरूको पनि नि:शुल्क व्यवस्था गरिएको आयोजकले जनाएको छ ।
कार्यक्रममा नेपालबाट केहि पाहुनाहरु आउनु हुने भएको छ भने लिम्बु भाषिक कलाकारहरूको आफ्नो प्रस्तुती दिने छन्। उधौलि पर्ब अर्थात् चासोक तङनामलाई बिशेष गरि न्वागि पुजा भनेर पनि चिनिन्छ। लिम्बू जाति प्रकृतिक पुजक भएकाले नयाँ अन्नबाली भित्र्याउने क्रममा न्वागि गरेर मात्र नयाँ अन्नबालि भित्र्याउने चलन छ। यसै अनुरूप देश बिदेशमा चासोक तङनाम भब्यरूपमा मनाइने गरिन्छ । नेपाली पात्रो अनुसार डिसेम्बर २२ मा मात्र चासोक तङनाम भएपनि कोरियामा भने बिदाको दिन परेर एकसाता अघि नै मनाइने भएको छ । कार्यक्रमको सम्पुर्ण तयारी पूरा भईसकेको जानकारी गराँउदै कोरियामा रहेका सम्पुर्ण नेपाली समुदाय, बिद्यार्थि, बुद्दिजिवि, व्यापारी तथा पत्रकारहरूलाई यसै सुचानालाई आधार मानी उपस्थितिको लागि आयोजक किराँत याक्थुङ चुम्लुङ कोरियाले आग्रह गरेको छ।