कोरियामा चासोक तङ्नाम भव्यरूपमा मनाइदै

759

किरात याक्थुङ् चुम्लुङ् दक्षिणकोरियाले विगतका वर्षहरू झै यो वर्ष पनि चासोक तङ्नाम ५०७९ मनाउने भव्य तयारि गरेको छ।डिसेम्बर १५ तारिख आइतवारका दिन सउलको सङ्बुक खुछङमा  चासोक तङ्नाम ५०७९ मनाइने किरात याक्थुङ् चुम्लुङ् कोरियाका अध्यक्ष मिराक लिम्बुले वताउनु भएको छ। कार्यक्रममा नेपालवाट आमन्त्रित लिम्बु भाषिक कलाकार डिल्लि फोम्बो र यादन सेर्माको साथमा मनाउन लागिएको हो । साथमा स्थानिय कलाकारहरूको पनि आ-आफ्नो प्रस्तुति रहने छ।कार्यक्रममा लिम्बु जातिको च्याब्रुङ् नाच,धान नाच,हाक्पारे ख्यालि,पालाम हरू प्रश्तुत गरिने छ। गत वर्षहरू जस्तै यो वर्ष पनि विभिन्न लिम्बु मौलिक परिकारहरूको व्यावस्था
गरिएको आयोजकले जनाएको छ । उक्त कार्यक्रममा कोरियामा रहेका सम्पुर्ण लिम्बु तथा गैर लिम्बु समुदाय,वुद्दिजिवि,व्यापारि,समाजसेवि,विद्यार्थि र पत्रकारहरूलाइ यसै समाचार लाइ आधारमानि उपस्थित हुन आयोजकले आग्रह गरेको छ ।

प्रकृतिपूजक लिम्बु समुदायमा अनादिकालदेखि अन्नप्रति सम्मान व्यक्त गर्ने परम्परा छ । प्राण बचाइदिने अन्नलाई एक प्रकारले माङ् (देवता) मान्ने प्रचलन छ । पाकेको बाली घरमा थान थापेर पुज्नुका साथै प्रकृति देवीलाई समेत चढाइन्छ । यो पुज्ने क्रम धान पाक्ने सिजन कात्तिकदेखि भण्डारण गर्ने मंसिर पूर्णिमासम्मै चल्छ । यो संस्कृतिलाई लिम्बु समुदायमा चासोक तङ्नाम भनिन्छ ।
नेपालमा मङ्सिर पूर्णिमाका दिन सामूहिकले विशेष तरिकाले चासोक तङ्नाम मनाइन्छ तर कोरिया लगायत अन्यदेशहरूमा प्राय जसो विदाको दिन पारेर चासोक तङ्नाम मनाउने गरिन्छ । चासोक तङ्नाममा  पैयुँ फुल्नुका साथै जाडो छल्न लाइ माछा, चरा दक्षिणतिर लागेको उधौली याम (दक्षिणायण­) को न्वागी पर्व हो यसलाइ सरल भाषामा न्वागि पुजा पनि भनिन्छ । लिम्बू भाषामा ‘चासोक’ को अर्थ नयाँ पाकेको शुद्ध अन्न पवित्र मनले पुजेर तागेरानिङ्वाभुमाङ (प्रकृतिदेवी) लाई अर्पण गर्नुहुन्छ । तागेरानिङ्वाभुमाङ भनेर जल, जमिन, वायु, अग्नि वा सूर्यलाई चिनिन्छ ।
‘तङ्नाम’ ले पर्व/चाड अर्थात् उत्सव जनाउँछ । लिम्बु मुन्धुम (शास्त्र) अनुसार आदिम लिम्बु पुर्खा सावा येत्हाङहरूले काँचो कन्दमूल खानुपर्ने बाध्यताबाट उन्मुक्ति पाउन तपस्या गरे । यसको सुनुवाइ गर्दै तागेरानिङ्वाभुमाङले मानिसलाई आगोसहित पारामा (कोदो), क्यावो (फापर), फामु (कागुनी) लगायत बीज दिए । यो बीज सावा येत्हाङका चेली सिबेरा याक्थुङमा (लिम्बु महिला) ले संरक्षण गरेर कृषि युगको सुरुआत गरिन । आगोमा अन्न पकाई खान मानिस अभ्यस्त भए । यसपछि ‘तागरेनिङ्वाभुमाङ’ लाई सधन्यवाद पहिले आफूले नखाई चोखो अन्न चाडाउन थालियो ।
यसरि अन्न अर्पण गर्नु लाइनै चासोक तङ्नाम भनिन्छ ।
धान र कोदो पाकेपछि लिम्बु जातिले आ–आफ्नो घरमा फेदाङ्मा (लिम्बु पुरेत) बोलाई चासोक गरिन्छ । यस क्रममा फेदाङ्माले आउँदो दिनमा पनि धेरै अन्न उत्पादन गरिदिन भन्दै ‘तागेरानिङ्वाभुमाङ’ लाई पुकार्दै सेवा व्यक्त गर्छन् । चासोकका बेला कलात्मकताले बुनेर नयाँ धानका बालाको चिटिक्कको पुतली बनाई घरको शोभा बढाउन ढोका छेउ झुन्ड्याउने चलन पनि छ । सामूहिकले मनाइने ‘चासोक तङ्नाम’ विभिन्न देश, धार्मिक, ऐतिहासिक, सांस्कृतिक स्थलमा आयोजना गरिन्छ ।

प्रतिक्रियाहरू