कोरियामा चौथो राजदूत रनिङ कप फुटबल प्रतियोगिता

672
दक्षिण कोरियामा रहेको नेपाली राजदूतावासको आयोजनामा यहि मे २७ तारिखमा चौथो राजदूत मैत्रिपुर्ण रनिङ कप फुटबल प्रतियोगिता हुने भएको छ । छनानको मिडल स्कुलको खेल मैदानमा हुने प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको दुतावासले जनाएको छ । टिम दर्ताका लागि अन्तिम मिति यहि मे १७ तारिख सम्म तोकिएको छ । प्रथम पुरस्कार २५ लाख वोन नगद रहेको प्रतियोगितामा टिम दर्ता र तोकिएको दिनमा सहभागी हुन सम्पुर्ण खेलप्रेमी तथा कोरियावाशी नेपालीलाई आयोजक राजदुतावासले आह्वान गरेको छ ।

कोरियामा रहेका नेपालीबीच खेलकूदको माध्यमबाट आपसी एकता, सद्भाव र सहकार्य अभिवृद्धि गर्ने उद्धेश्य अनुरुप दुतावासले विगत ४ वर्ष देखि राजदूत मैत्रिपुर्ण रनिङ कप फुटबल प्रतियोगिताको आयोजना गर्दै आएको छ ।

खेल र टिम दर्ता बारे दुतावासले जारी गरेको सूचनाः