कोरियामा टोपी दिवस, दर्जनौ कोरियन मिडियाबाट कभरेज

582

“मेरो टोपी कैलाशको शिर जस्तो
हिमाली भीर जस्तो
कहिल्यै पनि झुक्न नजान्ने
कहिल्यै पनि रुक्न नमान्ने
मेरो टोपी, नेपाली भीर जस्तो, नेपाली वीर जस्तो”

गोपाल योन्जनको कालजयी गित सधैँ नेपाली मनमगजमा गुन्जामान छ।

-- Ad --


आज नेपालको ठूलो समुदाय विभिन्न शिलशिलामा बिदेशी भुमिमा छ। जनवरी १ संसारको धेरै देशमा बिदा हुने गर्छ। सोहि बिदालाई सदुपयोग गर्दै आफ्नो पहिचान मौलिकतालाई जगेर्ना गर्न पछिल्लो समय कोरियामा पनि जनवरी १ मा टोपी दिवस मनाउदै आइरहेको छ।
सोही दिनलाई जुझारु युवाहरूले अझै प्रभाकरी बनाउदै परदेशमा हिमालको चुचुरो चिनाउने , तराईको संस्कृति बारे बताउने  अनि पहाडको सौन्दर्यको गुनगान गाउने दिन समेत बनाए।

सन् २०२० लाई  नेपाल सरकारले पर्यटन बर्ष मनाउने घोषण गरी सकेको अवस्था छ। तसर्थ उक्त कार्यक्रमलाई टेवा पुग्ने हेतुले बिश्वभर छरिएर रहेको नेपालीले विभिन्न कार्यक्रम गरि नेपाल सरकारको उक्त योजना सफल पार्नको लागि अहोरात्र लागी परिरहेको छ्न। दक्षिण कोरियाका नेपालीहरु पनि यो अभियानमाबाट अछुतो रहने सक्ने कुरै भएन।

माइनस १० डिग्रीको चिसोलाई पनि  कुनै प्रबाह नगरी टोपी दिवस तथा #visitnepal 2020 लेखिएको ठूलो ब्यानरको साथ झन्डै तीन सयको संख्यामा भेला भएको नेपाली जमातले कोरियाको राजधानी सौल स्टेसन देखि नामसन टावर (सौल टावर) सम्मको पैतालिस मिनेटको पदयात्रा गरेको थिए।


शिरको ढाका टोपी लगाई पर्यटन प्रबर्द्धन गर्ने विभिन्न नेपाल झल्काउने सामाग्रीहरु, नेपाली बाजा,  ब्रोसर, पोस्टर पम्पलेटको साथ भेला भएको नेपालीहरुले पदयात्राको क्रममा नेपाली राष्ट्रभक्ती गित गाउदै बाटोमा भेटिएको कोरियन तथा विदेशी नागरिकलाई नेपाल घुम्ने निम्तो दिदै यात्रा गरेको थिए।

कोरियाली अखबारहरुमा राम्रैसँग छाएको उक्त कार्यक्रममा ३० वटा कोरियाली मिडियाले कभर गरेको थियो। बाटोमा कोरियन समेत बाजागाजामा रमाउदै नेपाल घुम्न आउने इच्छा व्यक्त गरेको थिए।

मेन्स रुम रिलोडेड कोरिया (यम आर आर सामाजिक फेसबुक ग्रुप)को संयोजकत्वमा नेपाल पर्यटन बोर्ड कोरिया, नेपाल विद्यार्थी समाज(सोनसिक) साथै स्वतन्त्र रास्ट्रप्रेमी युवाहरूको सहयोगको आयोजना गरिएको उक्त कार्यक्रममा कोरियामा रहेको यो नेपाली समुदायको उपस्थितिले आगामी दिनमा पनि यस्ता प्रकृतिको कार्यक्रम गर्न उर्जा मिलेको आयोजकले  बताएका थिए।