कोरियामा डिप्रेसनको भयावह स्थिति, – “मर्ने त मन छैन तर कता कता झुण्डिन डोरी खोजिरहेको हुन्छु ।” 

4883

मर्न त मन छैन तर कता कता झुण्डिन डोरी खोजिरहेको हुन्छु । पछिल्लो समय सोलुखुम्बुका राई थरका एक युवाले मध्यान्हको खाना खाइवरी कम्पनीको पाँच तलाबाट हाम फालेर आत्महत्या गरेको घटनाले पुष्टि गरेको छ कि डिप्रेसनको भयावह कुन स्थितिमा पुगेको छ भनेर  । यो हप्ता आत्महत्या, सुतेको अवस्थामा निधन, औद्योगिक दुर्घटनामा क्रमशः राई थरका युवा, लमजुङका होम बहादूर गुरुङ र पाल्पाका बाइस वर्षिय छाप बहादूर फाल र म्याग्दीका थम बहादुर थापाको मृत्यु भएको छ । मृतक राईले डिप्रेशनको औषधी सेवन गर्दै आएको बुझिएको छ ।

सउलको एक हस्पिटलमा डिप्रेसनमा परेका नेपालीलाई परामर्श दिने गरेका चन्द्र अधिकारीलाई डिप्रेसन रोगीले भनेको माथिको वाक्याशंले घरको आर्थिक अवस्था उकास्न र भविष्य सुन्दर बनाउन भाषा परिक्षा दिएर कोरिया आएका नेपाली युवा कसरी डिप्रेसन र त्यसको उत्कर्ष आत्महत्या जस्तो कायरपुर्ण बाटो रोेजिरहेका छन् भनेर बुझ्न सकिन्छ ।
सन् दुइ हजार आठमा नेपाल र कोरिया सरकारबीच भाषा परिक्षा मार्फत अदक्ष कामदार ल्याउन सम्झौता भएपछि नेपाली आउने थालेपछि यहाँ भएका विभिन्न खाले दुर्घटना, सुतेको अवस्थामा मृत्यु, डिप्रेसनमा परेका आत्महत्या गर्ने लगायतका कारण १५० भन्दा बढिले ज्यान गुमाइसकेका छन् भने सवैभन्दा बढि आत्महत्या गरेर ज्यान फाल्नेको संख्या अधिक नै छ ।

एशियाको दोश्रो गरिब देश नेपालमा जन्मेर अभाव र असिमित आवश्थकताले जकडिएको युवा विकासको चरम चुलीमा रहेको कोरिया प्रवेश गर्न पाए जिन्दगी नै स्वर्ग बन्छ होला भने मिठो सपना बुनेको हुन्छ । भाषा परिक्षा पास भएको केहि महिना या वर्ष भनौ उसको भिषा लागेपछि उसको मनमा आफ्नो महत्वकाक्षाँ र समस्याका चाङ पार हुने आशा पनि गर्छ । अफसोच उसका नेपालका केहि समस्या त पार लाग्छ भनौ आर्थिक हिसावले उ सम्पन्न बन्छ । तर नेपालबाट रोपिएको डिप्रेसनको घाउ भने केहि मत्थर भएपनि समयको अन्तरालमा यहाँका नयाँ खाले समस्याबाट उ पिडित हुन थाल्छ । नेपालको वितृष्णायुक्त राजनैतिक अवस्था, अस्तव्यस्ता, अभाव र सिस्टम विहिन रहेको सरकारी कार्यलयबाट वाक्क भएर डिप्रेसनको भारी लिएर आएको नेपाली युवा यहाँको कठोर काम, भाषा, फरक शैलीको जिवन, संस्कृतिमा घुलमिल हुन नसक्दा डिप्रेसनको भारी फेरी थपिन्छ । दैनिक आठ देखि चौध घण्टा एकोहोरो कामले मासिक कमाई भुलेर उ आफ्नो फुर्सदिलो जिवन र साथीसँग विताएका समयमा रुमलिन पुग्छ । सधै एउटै काम त्यहि पनि बिहान गएर साँझ अबेर सम्म जसका कारण उ काम बाहेक अरु सोच्न फुर्सद पाउदैन् । त्यसैमा राम्रो सँग काम गरेन भनेर कोरियन साहू, म्यानेजरले छिटो छिटो गर भनेर भन्दा उ अझ तनाबमा पर्छ भनौ उसको डिप्रेसनको तह बढ्दै जान्छ । कोरियामा कडा मिहिनेत र लगनशिलका साथै छिटो छिटो काम गर्ने कामदार नै उत्कृष्टरुमा गनिन्छ । जसले गर्दा पाँच दशक अघि नेपालको हाराहारीमा रहेको मुलुुक आज विकसित भएको छ ।

एकोहोरो काम, फरक आचरणका साथीसँगको बसाई अनि घर परिवारबाट आउने विभिन्न खाले समस्यायुक्त फोन र सामाजिक सञ्जालमा पोष्ट हुने नैरश्यताका सन्देशले उसलाई तनाबपुर्ण बनाउँछ । आफ्ना मन कुरा पोख्न समेत पनि साथी नभेटाउने या उसका कुराप्रति साथीहरुले हाँसो मजाक गर्दा उ एक्लो बस्न रुचाउँछ । अनि साथीभाई, परिवार र समाजबाट टाढा हुन थाल्छ । जिवन निरर्थक ठान्दै गएपछि अन्तिम विकल्प आत्महत्या ठान्छ र सोहि गर्छ संसारबाट विदा लिन्छ । भने कोहि धेरै स्त्री साथीसँगको संगत र उठबसले त्यो स्थानमा पु¥याएको छ भने कोहि जुवा तास र क्यासिनोमा ठुलो राशिमा रकम हारेपछि आत्महत्याको बाटो रोजेको देखिन्छ । त्यस्तै केहि गाहे काम परिवर्तन गर्न खोज्दा कम्पनीबाट रिलिज लेटर नदिएको र घर जान विदा नदिएको भन्दै आत्महत्या गर्ने गरेका छन् ।
कोरियामा बढ्दो नेपालीको मृत्यु, आत्महत्या र डिप्रेशन प्रति नेपाल सरकार त्यति संवेदनशिल भएको देखिदैन् । रेमिट्यान्स घट्यो या बढ्यो भन्नेमा मात्र ध्यान दिने सरोकारवाला निकाय विदेशमा आफ्नो नागरिकको अवस्था कस्तो छ भनेर हेक्का गरेको भेटिदैन् । यहाँ सम्म कि सुतेको अवस्थामा हुने अप्रत्यासित निधन र आत्महत्याको कारण खोज्न आएको सरकारी चिकित्सक सहितको टोलीले कोरियाको स्थलगत अवलोकन गरेर गएको ४ महिना हुदाँ सम्म सत्यतथ्य रिपोर्ट अझै सार्वजानिक गरेको छैन् ।

प्रतिक्रियाहरू