
नेपालीहरूको महान पर्व विजया दशमी २०८० को पावन अवसर पारेर कोरियाको आन्सान सहरमा डेढ दर्जन भन्दा धेरै संघ संस्थाले संयुक्त रुपामा बृहत दशैँको शुभकामना आदानप्रदान तथा टिका जमरा ग्रहण कार्यक्रम गर्ने भएका छन l
सनातन साहित्य संगीत र साधना समुह “पाँच स “को मुख्य आयोजना तथा नेपाली सम्पर्क समितिको समन्वयमा कोरियामा रहेका बिभिन्न २० बटा संस्थाले संयुक्त रुपमा उक्त कार्यक्रम गर्न लागेका हुन l
यहि अक्टोबर २९ तारिक आइतवारका दिन आन्सान सहर स्थित साझा साँस्कृतिक मन्दिर तथा पुस्तकालय नजिकै रहेको “ओनगोग पार्क” मा पूर्वीय संस्कार ,संस्कृति र चाडपर्वलाई पहिचान गराउने हेतुले नेपाली मौलिक पन्चे बाजासहित उक्त कार्यक्रम गरिने आयोजक संस्थाले बताएका छन l
परदेशमा रहदा उपयुक्त समय मिलाएर चाडबाड मनाउनु पर्ने भएकोले दशैको दीन सम्भव नभएपनि उक्त दीन नेपालमै रहेको झल्को दिनेगरि टिका जमरा ग्रहण, दशैँ विशेष शुभकामना आदान-प्रदान तथा सथानीय कलाकारहरु द्वारा बिबिध साँस्कृतिक कार्यक्रमको आयोजना समेत गरिएको आयोजकलेले बताएका छन l
कार्यक्रमको अन्तिम तयारि पुरा भैसहेकोले सम्पूर्ण कोरियावासी नेपालीलाई उक्त दीन समयमै उपस्थितको लागी अनुरोध गरिएको छ l
स्थान : ओनगोग पार्क Gyeonggi-do Ansan-shi Dandan-gu Wongok-dong 963-14 ( Nepal Small Library)
मिति : सन २०२३ अक्टोबर-२९ तारिक आइतबार समय : बिहान १० बजे देखि प॥ �रमुख आयोजक संस्था पाँच-स दक्षिण कोरिया सहजकर्ता नेपाली सम्पर्क समिती(NCC)
आयोजक संस्थाहरू:-
१-आन्सान नेपाली समाज दक्षिण कोरिया
२- झापाली समाज दक्षिण कोरिया
३- मधेशी त समाज दक्षिण कोरिया
४- उधमशिल युवा मञ्च
५-प्रवासी नेपाली एकता समाज दक्षिण.
कोरिया
६- NRNA ख्यंङ्गिदो इन्छन क्षेत्रीय कमिटी
७- सुर्खेत समाज दक्षिण कोरिया
८- नेपाल गोरखा परिवार दक्षिण कोरिया
९- बाग्लुङ समाज दक्षिण कोरिया
१०-अर्घाखाँची संपर्क मञ्च द.कोरिया
११- तनहुँ समाज दक्षिण कोरिया
१२- पर्वत समाज दक्षिण कोरिया
१३- कास्की परिवार दक्षिण कोरिया
१४- बर्दियाली सम्पर्क समिति द. कोरिया
१५- नवलपुर समाज दक्षिण कोरिया
१६- नेपाल तराई समाज दक्षिण कोरिया
१७-नुवाकोट समाज दक्षिण कोरिया
१८-भोजपुर परिवार दक्षिण कोरिया
१९-दोलखाली समाज दक्षिण कोरिया
२०-अनेसास कोरिया च्याप्टर