Home EPS / कोरिया कोरियामा तलव बढ्यो, प्रतिघण्टा ८ हजार ५ सय ९० वन

कोरियामा तलव बढ्यो, प्रतिघण्टा ८ हजार ५ सय ९० वन

0
कोरियामा तलव बढ्यो, प्रतिघण्टा ८ हजार ५ सय ९० वन

कोरियामा सन २०२० को लागि न्युनतम ज्याला २.९ प्रतिशत अर्थात प्रतिघण्टा २४० वनले वृद्धि भएको छ । महिनामा २०९ घण्टा काम गर्ने कामदारको अबको ज्याला १७ लाख ९५ हजार ३सय १० वोन हुनेछ भने प्रतीघण्टा ८ हजार ५ सय ९० वन पुग्ने छ ।

बढेको ज्याला आगामी जनवरी देखि लागू हुने छ । गएराति कोरियाको सेजुङमा बसेकाे तलब निर्धारण समितिकाे १२औं बैठकले यसअघिकाे न्यूनतम ज्यालामा प्रति घण्टा २ सय ४० वन वृद्वि गर्दै ८ हजार ५ सय ९० पुर्याउने  निर्णय गरेकाे हाे।

यस अघि सन् २०१८ का लागि काेरियामा न्यूनतम ज्याला प्रतिघण्टा ८ हजार ३ सय ५० वन रहेकाे थियाे। अब आगामी जनवरीदेखि यहाँ कार्यरत मजदुरले दैनिक ८ घण्टा काम गरेवापत प्रति महिना १७ लाख ९५ हजार ३ सय १० वन ( १ लाख ६५ हजार रुपैयाँ) पाउनेछन्।

यसअघि यहाँ क्रियाशील मजदुर संगठनहरूले न्यूनतम ज्याला प्रति घण्टा १० हजार वन हुनुपर्ने माग राख्दै आएका थिए। आगामी वर्षका लागि ज्याला वृद्वि गर्न नसकिने राेजगारदाताका प्रतिनिधिकाे अडानका कारण यसअघि बसेका तलब निर्धारण समितिका ११ ओटा बैठक असफल बनेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here