कोरियामा थाम्बे खेति र चुरोटको महिमा

1033

मन मेरो उराठ,मन बुझाउनि देउराली चुरोट ,पंचासेको बन,चुरोटको धुवॉ झै उड्यो मेरो मन भने जस्तै चुरोट सँग जोडिएका अनगिन्ती लोक गित नेपाली समाजमा व्याप्त छन।स्वास्थ्यको लागि हानिकारक छ भनेर पनि बिक्रि हुने चुरोटको कच्चा पदार्थ सुर्ति खेति थाम्वे खेति कोरियाली किसानहरुको मुख्य आयश्रोत हो।प्राय खेतिपाति प्लाष्टिक घर भित्र हुने गरे पनि यो सुर्ति अप्रिल देखि अगस्ट सम्म बाहिरै हुने भएकोले कम लागत हुने गर्दछ।बढि उत्पादन कम लागतको दाउ हेरेर यो खेति गरिन्छ।

ककड ,भुसाहा ,चिलिम ,बिँडि,कॉचोपात जस्ता शव्द लोप हुन लाए।घुमाउरे घरको कर्सामा हजुरबाले जतन अरेर कॉचोपात लगॉउथे सुकाउथे ।ढुङगा र फलामको टुक्रो (चकमक)टुवाक्क ठोकेर निस्कने झिल्को चिलिममा राखेपछि कडा सासको आधारमा सल्काएपछि टालोको फिल्टर गरेर टुँई टुँई तान्थे।यसको महत्व कति थियो भने यस्को स्वादको सर्को लिनेहरुको लाईन हुन्थ्यो।

अम्मलमा हजुरबाहरु आत्मनिर्भर थिए।सवैले आफ्नो गर्जो टार्थे।जव ककड चुरोट भयो ।कॉचोपात सुर्ति भयो ।अनि यस्को व्यवसायिक खेती शुरु भयो।कोरियामा थाम्वे भनिने सुर्ति खेति देखेपछि मलाई चिलिम युगको याद आयो।

कोरियनहरु चुरोट भनेसि हुरुक्कै हुन्छन।बहुतै जाडो मौसम भएकोले पनि चुरोटको प्रयोग बढेको हुन सक्छ।रिसले रन्किएर  ऑफुतिर आएको फान्जाङ(मेनेजर)लाई टक्क एउटा खिल्लि मुखले च्यापेर दुईहातले चरणकमल सहित उस्को हातमा थमाए पछि उस्को अनुहारमा एकाएक मुस्कान छाईदिन्छ।खाम्साहाम्निदा (धन्यवाद)को मिठो वाक्य निस्कन्छ।अनि चुरोट ऑफै ननिभिन्जेल ठुस्लुक्क बस्न पाईन्छ।कोरियामा चुरोट खानी बेलॉ जारले पनि सुख पॉउछ होला?

हुनत !कोरियामा चुरोट जॉहापायो तँयहि खान पॉईदैन।सार्वजनिक स्थान र कार्यालयहरुमा,बिद्यालयहरुमा पुर्ण प्रतिबन्ध छ।१८ बर्ष भन्दा कम उमेरको बालबालिकालाई चुरोट बेचेमा दिएमा जेल सँजाय हुनि कानुन छ।तर धेरै नागरिक चुरोट पिँउछन।बसपार्क,इयरपोर्ट,सभागृह,कार्यालयहरुमा चुरोट पारखिहरुका लागि छुट्टै कोठाको व्यवस्था गरिएको हुन्छ।

उष्ण हावापानिमा गर्न सकिने यो खेति तराई र मध्य पाहाड सम्म गर्न सकिन्छ।बिदेसि चुरोटलाई प्रतिस्थापन गर्न देस भित्रै गुणस्तररिय सुर्ति उत्पादन गरेर चुरोटमा आत्मनिर्भर हुन सकिन्छ।ल भैगयो !ऑफु नखॉउला अन्तराष्ट्रिय बजारमा बेचेर पैसा कमाउन सकिन्न?

प्रतिक्रियाहरू