कोरियामा दलित समुदाय माथी अपशब्द बोलिएको भन्दै बिज्ञप्ति सहित गरियो कारबाहीको माग

2713

कोरियामा रहेका केही नेपालीले दलित समुदायलाइ होच्याउने गरि बोलिएको भन्ने  एउटा भिडियो सार्बजनिक भए सगै विभिन्न टिकाटिप्पणी र बिरोध शुरु भएको छ ।

भिडियो सार्बजनिक भए लगत्तै शशक्त दलित अभियान कोरियाले एक बिज्ञप्ति  निकालेर शुरु गरेको बिरोध अभियान ब्यक्ति हुदै अहिले विभिन्न संघ सस्था सम्म पुगेको छ ।

उक्त भिडियोको अभिव्यक्तिले सिङ्गो दलित समुदाय माथिको अपमान र आत्मसंमानमा चोट लागेको भन्दै शशक्त दलित अभियान कोरियाले नेपाली राजदुताबास , एन सी सी ,र एन आर एन लाइ सम्बोधन गर्दै निज ब्यक्ती उपर कडा कारवाहीको माग समेत गरेको छ ।

कोरियामा रहेको किराँत राई यायोक्खा बुसान समाज ले आयोजना गरेको उभौली साकेला पर्बको तयारीमा जुटेका सस्थाका केही आधिकारिक ब्यक्तिको समुहले नेपाली रेस्टुरेन्टमा बसि नेपाली राष्ट्रिय पोसाक ढाका टोपी लगाउने क्रममा कामी, दमाई जस्तो देखियो भन्दै बोलिएको  भिडियोमा प्रष्ट सुन्न सकिन्छ ।

उक्त भिडियोमा कोरियामा निकै चिर परिचित र बुद्दिजिबी मानिने  ब्याक्तिवहरु पनि प्रष्ट रुपमा देखिएका छन भने उक्त शब्द कसले बोल्यो भन्ने कुरा भने त्यति स्पस्ट छैन l

कोरियामा रहेका विभिन्न संघ सस्थाका प्रतिनिधिहरु तथा अन्य ब्यक्तिहरुले उक्त अभिव्यक्ति लाई निच सोचको पराकाष्ठा को रुपमा जनाउदै सामाजिक संजालमा  व्यापक बिरोध जनाएका छन् भने कोरियामा रहेको दलित समुदायले आफुले गरेको बिरोध लाई कुनै पनि जाती र समुदाय प्रती लक्षित गरेर पुर्बाग्रह नराखेको तर सम्बन्धित ब्यक्तिले गरेको गल्ती प्रती भने घोर भत्सर्ना गरेको प्रष्ट पारेको छ ।

प्रकाशित बिज्ञप्ती यस्तो छ

प्रतिक्रियाहरू