कोरियामा दिर्घकालिन राहतकोष स्थापनार्थ बृहत भेला हुदै , उपस्थितिको लागि सबैमा अनुरोध

439

दक्षिण कोरियामा दीर्घकालीन रुपामा आपतकालीन  राहतकोष स्थापनार्थ बृहत भेला हुने भएको छ l पछिल्लो समय  इपिएस तथा अन्य प्रक्रिया बाट कोरिया भित्रिने नेपालिहरुको संख्या  बृद्वी  भैरहेको छ l  नेपालीको संख्यामा बृद्दी संगै दिनानुदिन समस्याहरु पनि थपिदै गएका छन् l जटिल बिरामी पर्ने , दुर्घटना परि उपचारको लागि आर्थिक अभाब हुने l कतिपय अबस्थामा मृत्यु भएका नेपालीको  शव   पठाउन समेत आर्थिक अभाब हुने आदि अबस्थालाई मध्येनजर गर्दै यहाँ रहेका नेपालीहरुबीच बृहत छलफल पश्चात स्थाई रुपामा राहतकोष निर्माणको अबधारणाको बिकास गरि सोहि अनुरुप अगाडी बढ्ने उदेश्यका साथ उक्त भेलाको आयोजना गरिएको प्रवासी मजदुर युनियनका अध्यक्ष उदय राइले बताएका छन् l
भेलाले कोरियामा रहेका सम्पूर्ण संघ संस्था संगको छलफल पश्चात एउटा कार्यदल निर्माण गरि दिर्घकालिन  राहतकोषको निमित्त प्रक्रिया अगाडी बढाउने  अपेक्षा गरिएको छ l

उक्त दीन कोरियामा रहेका सम्पूर्ण संघ संस्थाका प्रतिनिधि ,बुद्दिजीवी, पत्रकार , बिधार्थी  बर्ग ,ब्यावसायी , श्रमिक वर्ग लगाएत सम्पूर्णलाइ उपस्थितिको लागि हार्दिक अनुरोध गरिएको छ l
कार्यक्रम वारे थप जानकारी –
मिति – अगष्ट ११ तारिख २०१९ आइतबार
स्थान : प्रवासी मजदुर युनियन (एमटियु) हल.
समय – दिउसो १ बजे
जाने तरिका : सउल ट्रेन लाइन न ३  Bulgwang (불광) स्टेशन  गेट न २

प्रतिक्रियाहरू