Home प्रमुख समाचार कोरियामा द भ्वाइस अफ नेपाल -२ लाइभ हुने, समाबेशी कलाकारहरुको साथमा झुम्न पाईने

कोरियामा द भ्वाइस अफ नेपाल -२ लाइभ हुने, समाबेशी कलाकारहरुको साथमा झुम्न पाईने

0
कोरियामा द भ्वाइस अफ नेपाल -२ लाइभ हुने, समाबेशी कलाकारहरुको साथमा झुम्न पाईने
भक्तपुर समाज दक्षिण कोरियाकोआयोजनामा द भ्वाइस अफ नेपाल -2 लाइभ हुने भएको छ। राम लिम्बुका साथमा अन्य चर्चित कलाकारहरुको साथमा जनवरी २५ मा कोरिया तताउने तयारी भक्तपुर समाज कोरियाले गरेको छ।

समाजले सम्पूर्ण प्रवासको सांगीतिक कार्यक्रम मध्येको अहिले सम्मकै सर्वाधिक समावेशी कलाकारहरुको साथमा भ्वाइस अफ नेपाल २ सांगीतिक धमाका आयोजना गरेको जनाउदै पूर्व मेचि देखि पश्चिम महाकालीसम्मका सम्पूर्ण संघीय प्रदेशहरूको प्रतिनिधित्व रहेको नेपाली सांगीतिक नक्षत्रका स्थापित एवं नवप्रतिभाहरूको सम्मिश्रण रहेको कलाकारहरुको साथमा विश्वस्तरीय कन्सर्ट हलमा आयोजना हुने कार्यक्रममा सबैलाइ आमन्त्रण गरेको जनाएको छ।

कार्यक्रममा पुर्बबाट राम लिम्बू ,सुदूरपश्चिमबाट लोकदोहोरी तथा देउडा गायक उमाशङ्खर जोशी ,पश्चिमबाट चर्चित भाइरल मोडल गायक दुर्गेश थापा ,राप्तीबाट चर्चित लोक दोहोरी गायिका भुमिका गिरि र सिराहबाट आरिफ रौफ ,उपत्यकाबाट सनिश श्रेष्ठ, चितवनबाट अलिशा सर्मा ,भारतको दार्जिलिङबाट भ्वाइस अफ नेपालकी रकिङ्ग स्टार याङ्की याल्मो लगायत अन्य स्थानिय कलाकारहरु समाबेस गरिएको समाजका अध्यक्ष रमेश गिरि जानकारी दिएका छन्।

सउल मेट्रो लाइन नं २ को कन्कुक विश्वविद्यालय( konkuk university station (건대입구 ) प्रवेशद्वार स्टेसनको २ नं गेटबाट ५०मिटर अगाडि रहेको न्यु मिल्यानियम हल (세천년관) मा सम्पुर्ण नेपाल झल्कने सांगीतिक कार्यक्रममा उल्लासमय उपस्थितिको लागि सबै मा निमन्त्रणा गरेको गिरीले बताए। कार्यक्रम दिनको 1 बजे बाट सुरु हुनेछ भने कार्यक्रम स्थलसम्म जान दोङ्देमुन 3 न गेट अगाडिबाट निशुल्क बसको ब्यबस्था हुने समाजका उपाध्यक्ष राम पोख्रेल बताएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here