कोरियामा नबिल बैंकको सेवा विस्तार

779

नबिल बैंकले रेमिट्यान्स कारोबारका लागि दक्षिण कोरियाको कुकमिन बैकसँग सहकार्य गरेको छ । विगत एक दशक अघि देखि दक्षिण कोरियाबाट विभिन्न बैंकको सहकार्यमा रेमिट्यान्स सेवा प्रदान गर्दै आएको नविल बैंकले कुकमिन बैंकसँग पनि सहकार्य गरेको हो । कुकमिनमा खाता भएका नेपालीले कुकमिन बैंक प्रयोग गरि नेपालमा रेमिट्यान्स गर्न सक्ने छन् । नेपालीलाई कारोबारमा सहज होस् भनेर नबिल बैंकले थप एक कर्मचारी कोरियामा राखेर यो सेवा सुचारु गरिसकेको छ ।
बैंकका प्रतिनिधी बिदुर निंलेखूका अनुसार नेपाल रेमिट्यान्स गर्दा शुल्क नलाग्ने र कोरिया स्थित कुकमिन बैंकले पनि रेमिट्यान्स शुल्क १ हजार वोन लिने भएको । नबिलबाट पैसा पठाएको प्रमाणपत्र बैंकबाट निःशुल्क लिन मिल्ने र चाहेको बेलामा डिस्काउन्टेड रेटमा घर जग्गा कर्जा तथा अरु बैंकिंग सुबिधा सजिलै प्राप्त गर्न सकिने उनले बताए ।
साथै यदि तपाईको नबिल बैंकमा खाता छ भने यसरी पठाएको रकम कोरियाबाट नै तपाईले आफ्नो खाताबाट आफन्त या साथीभाईको खातामा ट्रान्सफर गर्न सक्नु हुन्छ र मुद्दती खाता पनि खोल्न सक्नु हुन्छ । केइबी हाना बैंकको इजी वान÷हाना वान र कुकमिन बैंकको केवि वान÷केवि वाइज प्रयोग गरि रेमिटेन्स गर्ने ग्राहकको लागि बैंकले माथि उल्लेखित बैंकि¨ सुविधाहरुको साथै समय समयमा नया“ योजना समेत लिएर आउ“ने बैंकका कर्मचारी बताउछन् ।
यसको साथै इच्छुक ग्राहकलाई कोरियाबाट नै जीवन बीमा गर्न र शेयर कारोबारको लागि आवश्यक डिम्याट खाता खोल्ने व्यवस्था समेत बैंकले गरेको छ । बैंकि¨ सम्बन्धि कुनै पनि जानकारी आवश्यक परे कोरियामा रहनु भएका बैंक प्रतिनिधीहरुलाई ०१०–२१९०५६५० (कुकमिन बैंक) वा ०१०–६४१६७६१३ (केइबी हाना बैंक) मा सम्पर्क गर्न सकिने निंलेखूले बताएका छन्।