कोरियामा नयाँ वर्ष मनाउन भ्वाइस अफ नेपाल विजेता सहितको टोली कोरिया आउदै

185

दक्षिण कोरियामा रहेका नेपालीहरु सँग नयाँ वर्ष मनाउन भ्वाइस अफ नेपालका विजेता सिडी विजय अधिकारी सहित चर्चित गायिका श्रेयसी चेम्जोङ, हट डान्सर अनिसा न्यौपाने लगायतको टोली कोरिया आउने भएका छन् ।

कोरियामा नेपाली नयाँ वर्षलाई धुमधामका साथ मनाउन पुर्वाञ्चल सरोकार समाजले आयोजना गरेको बृहत सांगितिक कार्यक्रममा कलाकारहरुलाई कोरियाका लागि आमन्त्रण गरेको हो ।

अप्रिल २१ तारिक दिउसो १२ बजे देखि जोगेसा गुम्वा हलमा आयोजना हुने उक्त कार्यक्रममा कलाकारहरुले यहाँ रहेका नेपालीहरुलाई भरपुर मनोरोञ्जन दिने छन् ।

गायन रियालिटीको अन्तर्राष्ट्रिय फ्रेन्चाइज शो द भ्वाइस अफ नेपाल का विजेता सिडी विजय अधिकारी, चर्चित गायिका श्रेयसी चेम्जोङ, हट डान्सर अनिसा न्यौपानेले कोरियामा रहेका नेपालीहरुलाई उक्त दिन उपस्थित भएर नयाँ वर्ष धुमधामका साथ मनाउन आग्रह गरेका छन् । कार्यक्रममा कोरियामा रहेका स्थानिय कलाकारहरुको पनि विशेष प्रस्तुती रहने छ ।

स्टार रेमिटको सेवा
कार्यक्रममा नेपालीहरुको रेमिट स्टार रेमिटको एप दर्ता गर्ने सुविधा राखिएको छ। स्टार रेमिट एप दर्ता गर्दा पहिलो पटक ५ हजार वन निशुल्क कुपन प्राप्त गर्न सकिन्छ । अटो डेविट र म्यानुअल दुवै सिस्टम भएको स्टार रेमिट अहिले नेपालीहरुले मनपराएको रेमिटेन्स हो । सरल, छिटो र सुरक्षित सेवा दिदै आएको स्टार रेमिटको मुख्य कार्यालय दोगंदेमुन ३ नम्वर गेटसँगै रहेको छ । स्टार रेमिट मार्फत पैसा पठाउदा नेपालको जुनसुकै बैक र जुनसुकै ठाँउबाट नगद लिन सकिन्छ ।