कोरियामा नांगा तस्वीर तथा भिडियो फैलाउनेलाई कडा कार्वाही गर्न माग

0
2861

दक्षिण कोरियाको राजधानी सोलमा हजारौं महिला लुकाइएका क्यामराको मद्दतले लिने गरिएका नांगा तस्वीर तथा भिडियो फैलाउने कार्य विरुद्ध सरकारले कडा कारवाही गर्नु पर्ने माग गर्दै सडकमा उत्रेका छन् । दक्षिण कोरियामा यसले विकराल रुप लिइसकेको र लगातार मानसिक दबाव झेल्नु परिरहेको महिलाहरुले बताएका छन् ।

महिलाको मात्र यस प्रदर्शनमा १८ हजार भन्दा बढी प्रदर्शनकारी सहभागी रहेको प्रहरीले बताएको छ । उनीहरुको जानकारी बिना अंतरंग तस्वीर तथा भिडियो बनाई अनलाइनमा भाइरल गरिरहेका पुरुषहरु विरुद्ध कडा कारवाही हुनु पर्ने माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here