कोरियामा निशुल्क भनिने लाइन फोन आतंक !नेपाली बाटै नेपाली ठगिएको गुनासो

8706

हातमा मोबाइल चलाउदा चलाउदै तपाइको फेसबुकमा  कुनै सुन्दर युबतिको आइडि बाट पिलिक्क फ्रेन्ड रिक्वेस्ट आउछ ।सामाजिक सन्जालमा मित्रता गास्न अनुरोध पठाउने प्रायः लाई अस्वीकार गरिदैन  ।स्विकार नै गरिन्छ ।अथवा कुनै कम्पनी या ग्याजेटको नाम राखेर पनि तपाइलाइ फ्रेन्ड रिक्वेस्ट आउन सक्छ ।तपाइलाइ अनुरोध पठाउने ब्यक्ती या कम्पनी का फेसबुक सर्च गर्नु भने भित्ताभरी मुल्य र स्किम सहित राखिएका मोबाइल ,ल्यापटप ,ब्लुटुथ जस्ता सामानका फोटाले फेसबुक भरिएका हुन्छन् ।

मित्रता बने पछि उक्त आइडी हरु मार्फत केही दिन पश्चात् तपाइ लाइ म्यासेज आउन सक्छ ।तपाइले कुरा गर्न शुरु गर्नु हुन्छ ।कुरा गर्दै जादा तपाइले सम्बन्धित ब्यक्तिबाट निशुल्क मोबाइल प्राप्त गर्ने कुरा पाउनुहुन्छ ।निशुल्क मोबाइल मात्र हैन त्यसमा अन्य केहि उपहार हरु पनि हुन सक्छ ।उपहार को बारेमा सुन्दा यस्तो लाग्छ पाडो किन्दा भैंसी उपहार पाइदै छ ।

कोरियामा पछिल्लो समय यस्तै गरेर विभिन्न कम्पनीका लाइन फोन हरुको बिक्रीले आतंक मच्चाउदै आएको छ ।लाइन फोन बिक्रि गर्ने कम्पनिका कर्मचारी प्राय नेपाली नै हुने गर्दछन ।माथी भनिए जस्तै गरेर उनिहरुले अन्य नेपालिहरु लाई फोन किन्न उत्प्रेरित गराइरहेका हुन्छन् ।

लाइन फोन को बिक्रि कसरी हुन्छ ?

केहि समय पहिले कोरियामा लाइन फोन लिन कम्पनिको स्वीकृति लिनु पर्ने ब्यबस्था थियो ।यो ब्यबस्थालाइ अहिले खुकुलो पारिएको छ ।जसका कारण च्याउ जस्तै कम्पनीका लाइन फोन मा धेरै बिदेशि कामदार हरुको पहुच पुगेको छ ।त्यस्ता कम्पनिहरुले प्रायः बिद्यार्थी भिसा भएका अथबा अतिरिक्त समय काम गर्ने कामदारहरु लाइ निस्चित कमिसन दिएर कर्मचारीको रुपमा फोन बिक्री गराउने गरी राखिएको हुन्छ ।तिनै कामदार हरुले केही कुरा थपथाप गरि मोबाइल बिक्री गरिरहेका हुन्छन् ।

तपाइले पसलमा मोबाइल किन्दा पहिल्यै नगद भुक्तानी गरेर मात्र किन्नु पर्ने झन्झट यहाँ रहदैन । यहाँ त अझ किस्तामा नै पाइन्छ । त्यो पनि आफुले चलाएको बिल अनुसार मात्र भुक्तानी गर्ने ।तपाइले आफ्नो अनुमती र परिचय पत्र को फोटो पठाएको केही दिनमै मोबाइल तपाइको हातमा पर्छ ।

कसरी ठगिन्छ त ?

यसमा कम्पनिले प्राय सस्तो मोबाइल हरु दिने गर्दछ्न ।जसको बजार मुल्य अत्यन्तै कम हुन्छ ।मोबाइल किने पछि लाइन सिम अनिबार्य लिनै पर्छ ।अब यहि हो ढाड भाचिने ।तपाइले सिमको न्युनतम मासिक दस्तुर ४० हजार वनको हाराहारी मा बुझाउनु पर्ने भनिन्छ ।साथै यो २ बर्ष सम्म नियमित चलाउनु पर्ने सर्त हुन्छ ।यदि तपाइले केही महिना चलाएर लाइन काट्न चाहनु हुन्छ भने तपाइले निकै महँगो मूल्य बुझाउनु पर्ने हुन्छ ।अब हिसाब गर्नुस एउटा सामान्य मोबाइल लाइ मासिक ४० हजारको दरले २ बर्ष सम्म बुझाउदा मोबाइलको मूल्य कति पर्न जान्छ ?

यो हिसाब गरेर तपाइले बिचमै लाइन काट्न मन गर्नु भयो भने झनै महँगोमा पर्नु हुन्छ ।यसको लागि  अनेकन पेनाल्टी तिर्नु पर्छ ।निशुल्क भनिएको सस्तो मोबाइल यहाँ निकै गुणा महङ्गो बनेर आउँछ ।कसै कसैको त लाइन काटेको ३/४ महिना सम्म पनि पैसा तिर्नु परेको गुनासो आएको छ ।यहा बेच्ने र कन्भिन्स गर्ने मान्छे को पनि केही दोष देखिन्छ ।हुन त किन्ने मान्छे त मुख्य दोषी भैहाल्यो ।

भबिश्यमा कानुनी समस्या भए भागिदार को ?

केही दिन पहिले एक जना नेपालिको आइडी कार्ड को दुरुपयोग भएको भन्ने कुरा सामाजिक संजाल भरी आएको थियो ।यसै गरि विभिन्न ठाउमा आफ्नो आइडी कार्ड दिदा कुनै दिन दुरुपयोग हुने सम्भबना पनि उत्तिकै रहन्छ ।यसबाट सम्बन्धित ब्यक्ती आफै चनाखो हुनु पर्ने देखिन्छ ।

प्रतिक्रियाहरू