कोरियामा नेपालि चलचित्र “ए मेरो हजुर -३” प्रदर्शन हुदै

431

प्रवासी भुमिमा रहेका आम नेपालीहरूमा सद्भाव, सहयोग र भाईचारा कायम गर्दै विशुद्ध रुपमा सामाजिक सेवाको उदेश्य लिएर सन २०१४ मा स्थापित संस्था “ईलामेली समाज दक्षिण कोरिया” ले सामाजिक कामलाई अझै रचनात्मक तवरले अगाडी बढाउनका लागि यसपटक  आफ्नै गृहजिल्लामा संचालनमा रहेको “राहसल बाल अनाथालय” को आवास भवन निर्माण सहयोगार्थ दक्षिण कोरियाको राजधानी सिओल स्थित 종로구민회관 दोङदेमुनमा मिति २०१९ मे २६ आईतबारका दिन नेपाली चलचित्र “ऐ मेरो हजुर तीन ” प्रदर्शन गर्ने भएको छ ।सुनिल थापाको निर्माण तथा निर्देशक झरना थापाको  निर्देशन रहेको  उक्त चलचित्र आगामी चैत २९ गते काठमाडौं उपत्यकाका विभिन्न हलहरुमा रिलिज हुने भएको छ ।  चलचित्रमा  नायक अनमोल केसी र नायिका सुहाना थापाको  मुख्य भूमिकामा रहेको  छ ।
मे महिनाको तेस्रो हप्ताबाट कोरियाको राजधानी सिओल सगै बिभिन्न ठुला सहरका हलहरूमा उक्त चलचित्रको प्रदर्शन हुने भएको छ ।चलचित्रको प्रदर्शन बाट संकलन भएको सम्पूर्ण नाफा रकमलाई अनाथालयको आवास भवन निर्माण सहयोगार्थ प्रदान गरिने बताइएको छ  । विगतमा पनि संस्थाले बिभिन्न अभियान मार्फत सहयोग जुटाई सहयोग गर्दै आएको र यसपटक भने रचनात्मक कार्यक्रम मार्फत श्रोतको पहिचान गरी दिर्घकालिन योजनामा हस्तान्तरण गरि आगामी दिनमा समेत यस्तै प्रकारको बिभिन्न रचनात्मक कार्यक्रम मार्फत श्रोत  जुटाई सामाजिक कार्यलाई अझ ससक्त बनाउदै अघि बढ्ने संस्थागत योजना रहेको समेत संस्थाका सचिव केदार निरौलाले जानकारी बताएका बताए  ।

प्रतिक्रियाहरू