कोरियामा नेपालीहरुको रोजाईमा स्टार रेमिट, सरल सहज भएपछि नेपालीहरु आर्कषित

1259

कोरियामा रहेका नेपालीहरुले नै सुरु गरेको स्टार रेमिट अहिले कोरियामा नेपालीहरुको रोजाईमा परेको छ । सरल छिटो र सुरक्षित सेवा दिएको यस रेमिटयान्स मार्फत बैधानिक र अवैधानिक जो सुकैले पनि पैसा सजिलोसँग पठाउन पाउने भएपछि यसको लोकप्रियता नेपालीहरु माझ बढेको हो ।

अहिले नेपालीहरुले यस रेमिटट्यान्सको एप घरमा नै बसेर दर्ता गर्ने क्रम एकदमै बढिरहेको रेमिट्यान्स प्रतिनिधी अशोक मैनालीले बताए । रेमिटको सवै काम घरबाट नै हुन्छ कार्यालय जानु पनि पर्दैन, मोवाइलमा स्टार रेमिटको एप डाउनलोड गरेर घरबाट नै दर्ता गर्न सकिन्छ । नेपालीको रेमिट भएको कारण नेपालीले नेपालीलाई सहयोग गर्नुपर्छ भन्ने भावानाले पनि नेपालीहरु यस रेमिट तर्फ आर्कषित भएका हुन ।

पहिलो पटक नेपाल पैसा पठाउदा निशुल्क सुविधा दिएको यस स्टार रेमिटले १० देखि १५ प्रतिशतमा लोनको सुविधा दिदै आएको छ । यस रेमिटबाट लोन लिदा १० देखि १५ प्रतिशत भन्दा अन्य अतिक्ति शुल्क नलाग्ने प्रष्ट्याएको छ । भिषा अवधी, तलवको अवस्था हेरेर रेमिटबाट १० देखि १५ प्रतिशत भित्र ब्याजमा लोन सुविधा रेमिटबाट लिन सकिन्छ ।

दोगंदेमुन ३ नम्वर गेटमा रहेको यसको मुख्य कार्यलयका कारण पनि नेपालीहरुलाई धरै सजिलो भएको कार्यलयमा आएका नेपालीहरु बताउछन् । रेमिटले दोगंदेमुनसँगै कोरियाका विभिन्न ठाउहरुबाट पनि सेवा दिइरहेको छ ।

रेमिट सम्वन्धी कुनै पनि जानकारी लिन ग्राहक सेवा केन्द्रको फोन नम्वर ०२ ५२५ १९०० अथवा मोवाइल ०१० ४४९१ १९०१ मा भाइवर, इमो, काकाओ बाट पनि सम्पर्क गर्न सकिने रेमिट कम्पनीले जनाएको छ । दोगंदेमुनमा रहेको रेमिटेन्स कम्पनीको मुख्य कार्यालय ३६५ नै दिनै खुला रहने छ ।

प्रतिक्रियाहरू