कोरियामा नेपाली डाक्टर संग सिधा स्वास्थ्य परामर्श तथा उपचार , हाल सम्म २ सय भन्दा धेरैले पाए सेवा

4232

कोरियामा बिशेसज्ञ  नेपाली डाक्टर संग सिधा स्वास्थ्य परामर्श तथा उपचार सेवा समेत उपलब्ध हुदै आएको छ l कोरियाको युङ्नाम मेडिकल कलेज बाट स्नातक  गरि केईमयुङ युनिभर्सिटी दोंगसान अस्पताल बाट डर्माटोलोजी (छाला सम्बन्धि  रोग ) मा स्नातकोत्तरका साथै फेमिली मेडिसिनमा पीएचडी सकी हाल ग्वाङ्जु म्युनिसिपल ग्रइअर्याटिक अस्पतालमा फेमिली मेडिसिन डिपार्टको प्रमुख रुपमा कार्यरत  डाक्टर राजेशचन्द्र जोशीले निशुल्क रुपमा  सो सेवा दिदै आउनु भएको छ   l
कोरियामा बिसेष गरि भाषाको कठिनाइ तथा अन्य कारणले रोग लाग्दा पनि अस्पताल जान नसकी भित्र भित्रै मानसिक तनाबमा पर्ने स्थित देखिन्छ lबिसेष गरि इपिएस मार्फत आएका कामदारहरुले आफुलाई लागेको रोग समेत लुकाउदै आउदा भित्र भित्रै मानसिक तनावमा  परेका  घटनाहरु प्रसस्तै छन l यस्तो  अबस्थामा नेपाली डाक्टर संग सिधा स्वास्थ्य परामर्स लिन पाउदा आफुमा उत्साह थपिएको धेरै  नेपालीहरु  बताउछन l
यसै सन्दर्भमा डाक्टर राजेशचन्द्र जोशी संग कुराकानीको आधारमा हेल्लो नेपाल कोरिया डट कमले तयार पारेको एक रिपोर्ट


प्रश्न : डाक्टर साप, हाल  कहाँ के गर्दै हुनुन्छ ?
उत्तर – हाल कोरियाको  केईमयुङ युनिभर्सिटी दोंगसान अस्पताल बाट  फेमिली मेडिसिनमा पीएचडी सकेर Gyeongju Municipal Geriatric Hospital मा फेमिली मेडिसिन डिपार्ट प्रमुखको रुपामा कार्यरत छु l
प्रश्न ; कोरियामा नेपालीको संख्या हाल ४० हजार नाघिसकेको छ कसरि सम्भब भएको छ स्वास्थ्य परामर्श सेवा उपलब्ध गराउन ?
उत्तर ;: यसको लागी  कोरियामा रहेका केहि सामाजिक अभियन्ताहरुले सहयोग गर्दै आइरहनु भएको छ l  उहांहरु मार्फत आएका स्वास्थ्य समस्या सम्बन्धि टिपाइएका नाम तथा फोन नम्बरमा मैले सधै जसो शनिवार साझ समय मिलाएर आफै फोन गर्ने गरेको छु l कतिपयलाई नियमित  परामर्शले मात्र  पनि ठुलो राहत मिलेको छ भने कतिपय लाइ अस्पताल सम्म पुग्ने बातावरण पनि मिलाउदै आएको छु l नजिक र सम्भब हुनेलाई आफै कार्यरत अस्पताल बाट पनि सेवा दिदै आएको छु भने कतिपयलाइ खान पान स्वास्थ्य सुरक्षा आदि बारेमा परामर्श दिदै आएको छु l
प्रश्न; बिसेषगरि कस्तो खालको स्वास्थ्य  समस्या बढी रुपामा  आउने गरेको छ ?
उत्तर : समस्या त अनेक किसिमका आउने गरेका छन् तर पनि  पेट सम्बन्धि समस्या , ढाडको समस्या, मानसिक समस्या  अलि बढीनै  आउने गरेको छ  l
प्रश्न : डाक्टर साप तपाइको अनुभबमा परामर्श सेवाले बिरामीमा कत्तिको सकारात्मक प्रभाब परेको पाउनु भएको छ ?
उत्तर – कतिपयलाइ रोग भन्दा पनि रोगको भयले सताउने गरेको हुन्छ l त्यस्ता खालका ब्याक्तिहरुलाई उपचार भन्दा पनि परामर्श सेवा नै ठुलो हुन्छ l कतिपयलाई परामर्शले मात्र पनि बिरामीको आधा रोग निको हुनेगर्दछ lपरामर्श पश्चात  धेरै जनाले आफुमा सुधार आएको बताउने गरेका छन l मैले हाम्रा अभियन्ता मार्फत पनि सुधार आए न-आएको बुझ्ने गरेको छु l जे होस यसले निकै सकारात्मक प्रभाव पारिरहेको देखिरहेको छु l
प्रश्न : हाल सम्म कति जनाले परामर्श तथा उपचार सेवा पाइसकेका छन्  ?
उत्तर’: यो अभियान शुरु भएपछी अभियन्ता मार्फत नाम टिपाईएका दुइसय २० जना भन्दा बढीलाई परामर्श सेवा दिइसकेको छु l
प्रश्न-अन्त्यमा, डाक्टर साप संग पुग्ने सजिलो माध्यम के होला एकपटक बताइदिनुस न ?
उत्तर ; हामी संग कोरियामा रहेका थुप्रै अभियन्ता हुनुन्छ नाम लिनु पर्दा , कृष्ण पुरी , यम श्रेष्ठ ,सरोज केसी ,किशन गौतम , राज के गिरि , अरुण श्रेष्ठ (इपिएस छिन्गु ) पुस्प कमल ,बाला थुलुंग ,बिज्ञान अर्याल  ,दिपक बन्जारा ,,ज्ञान सागर ,आलिशा सिंह ,योगिता गौतम ,मन्जु गुरुङ सन्तोष कस्यप बिक , सुन्दर प्रसाद अधिकारि l तपाईहरु निम्न फोन नम्बरहरुमा  सम्पर्क गरेर आफ्नो नाम र समस्या टिपाउनु भयो भने उहाहरुले मलाइ सम्पर्क गर्नुहुनेछ र मैले समय मिलाएर तपाइहरुलाई आफै फोन गरि परामर्श दिने छु l सम्पर्कको लागी फोन नम्बर हरु
01068532952,01039775828, 01023182992, 01059311934, 01064656041, 01046856107,
010 26023476, 01027625059, 01063043912, 01072684050

प्रतिक्रियाहरू