कोरियामा नेपाली नेताहरुको लस्कर’ खासमा के सिकेर देश फर्कन्छन् ?

0
333

तत्कालिन अबस्थामा जापानको चरम उपनिबेशमा रहेको कोरियाले छोटो समयमा यति चमत्कारिक रुपमा बिकास गर्ला भनेर कमै मुलुकहरुले आकलन गरेका थिए ।कोरिया सन्सारको यस्तो देश मध्य एक हो जुन देशको एउटै पुस्ताले भयाबह युद्द ,चरम गरिबी र पछिल्लो बिकाशको उच्चतम रुप लाई एकैपटक स्पर्श गर्ने सौभाग्य पायो ।जापानी उपनिबेशबाट कोरिया स्वतन्त्र हुँदै गर्दा कोरियामा युद्दका डोब , टुहुरा जनता ,जापानी सैनिकले जबर्जस्ति करणी गरेका बिक्षिप्त बलात्कृत महिला ,र अथाह भोकमरी बाहेक केहि थिएन भनेर आजका प्रौढ नागरिक हरु दन्त्यकथा जस्ता लाग्ने कुराहरु सुनाउने गर्दछन् ।

मुलुक स्वतन्त्र भए पश्चात् यी याबत पिडाहरुलाइ चिर्न यहाको सरकार ,राजनैतिक नेतृत्व र स्वयम् जनता एकढिक्का भएर लागि परे ।जसमध्य आजको कोरिया बनाउन सैनिक नेतृत्व पृष्ठभुमि बाट आएका पार्क जङ ही को योगदान अतुलनिय रहेको पाइन्छ ।हुनत पार्क जङ ही ले सत्ता कब्जा गरेर देशको नेतृत्व आफ्नो हातमा लिएका थिए ।तर उनको शासन अन्त्यसम्म कोरिया र कोरियाली जनताको लागि स्वर्णिम युग साबित भयो ।शासक पार्क ले आफू र आफ्नो क्याबिनेट सदस्य हरुलाइ पुर्ण रुपमा देश र जनता प्रती बफादार हुन कडा नियम बनाउदै आर्थिक समृद्धि प्रति केन्द्रित हुन आदेश दिए ।

-- Ad --


उनले कति सम्म गरे भने कुनै पनि सरकारी कर्मचारी या क्याबिनेट सदस्य बिदेश भ्रमण जादा त्यहा बाट अनिबार्य रुपमा केहि सिकेर आउनु पर्ने नियम बनाए र उक्त नियमको पालना आफै बाट शुरु गरे ।त्यही नियम अनुसार पार्क जङ ही ले तीन वटा देशको यात्रा गरेर बटुलेको अनुभबका आधारमा सौल बुसान जोड्ने ४१६ किलोमिटर लामो ख्यङ्बुक राजमार्ग दुई बर्षमै निर्माण पूरा गरेर एउटा नजिर स्थापना गरे ।यो राजमार्ग कोरियाको बिकाशको लागि कोशेढुङ्गा साबित भएको मानिन्छ ।पार्क ले लगातार १८ बर्ष शासन गर्दा कोरियाली नागरिकको ७२ डलर प्रतिब्यक्ती आम्दानिलाइ १७ सय ६८ डलर मा पुर्याइदिए ।आजका ठुला उद्योग र स्थापित  कलकारखाना हरु उनकै शासन समयका अबधारणा हरु हुन् भनेर भनिन्छ ।अब आफ्नै बिषय बस्तु तिर लागौ ।

खासमा नेपाली नेता के सिकेर देश फर्कन्छन ?

गत साल काठमाडौं महानगरपालिका का मेयर बिद्या सुन्दर शाक्य स्मार्ट सिटिको बारेमा अध्यन गर्न दलबल सहित कोरिया आए ।उनको त्यो अध्यन ले कति प्रगती गर्यो सबै नेपालि जानकार नै छन् ।उनी मात्र हैन कोरिया नेपाली नेताहरुको भ्रमणका लागि उर्बर भुमी नै मानिन्छ ।यहाँ प्रत्येक महिना कुनै न कुनै राजनैतिक दलका नेताहरुले भ्रमण गरिरहेका हुन्छन् । यस्तो लाग्छ नेपाली नेताहरुको चरण पाउले कोरिया भुमी छुन पाएन हने यहा अनिष्ट नै हुने वाला छ ।

सरकारी तहबाट हुने भ्रमण होस या राजनैतिक भ्रमण नै किन नहुन उपलब्धी भने शून्य नै रहन्छ ।बिदेश आयो एउटा रेस्टुरेन्ट भित्र पस्यो, आधा दर्जन जति केहि फुर्सदिला मान्छेहरू लाइ जम्मा गर्यो, दुई चार वटा खादा लगायो, फोटा खिच्यो,फेरि केही फुर्सदिला मान्छे जम्मा पार्यो यसो समुन्द्रको छेउछाउ लग्यो फोटा खिचायो ,साझ परे पछि एक दुई बोतल दारु खुवायो भ्रमण सकियो ।उपलब्धी तथास्तु ।

हुनत लोकतन्त्र प्राप्ती पछिका दिनहरुलाइ हेर्ने हो भने नेताहरुको लागि कोरिया मात्र हैन बिश्व भ्रमण नै पहिलो प्रथामिकतामा पर्छ ।अझ स्थानिय निकायहरु को संरचना पश्चात् त यसले असङ्ख्य रुपमा गति बढाएको छ ।प्रत्येक कर्मचारी र नेताहरुको पहिलो प्रथामिकता नै बिदेश भ्रमण हुने गरेको छ ।

देश गरिब छ ,सिमित साधन श्रोत छन् ,समृद्धि को लागि आर्थिक संक्रमणकालिन अबस्थालाइ पार गर्नु पर्ने छ ,संघीयता ले खर्चको चुचुरो चुमेको छ ,जनताको हालत जस्ताको तस्तै छ, दुई तिहाइको आशलाग्लो सरकार छ तर मितब्ययिता भन्ने हेक्का खै ? जताततै सार्बजनिक रुपमा प्रश्न चिन्हहरु खडा भएका छन् ।

प्रबाश बाट हाम्रो भुमिका के ?

फेरी कोरियाकै इतिहास लाई दोहोर्याउ ।हामिले कोरियालाइ ६ दशक अगाडि सहयोग गरेको कुरा बारम्बार रटान लगाउछौ ।त्यो सहयोग को कथन सुन्दा या अखबारका पानाहरुमा पढ्दा गर्बले छाती फुल्छ ।तर ६ दशक पछि हामी छाती फुलाउदै स्वचालित मेसिनहरु सग त्यही देशमा मज्जाले मजदुरी गर्छौ ।हाम्रो परिस्थिति यस्तो बन्यो कि हामिले सहयोग गरेको देशमा मजदुरी गर्न जान लाखौको लर्कोले सपना बुन्न पर्यो ,गन्तव्य बनाउन पर्यो ।त्यही मध्य आज पचासौ हजारले आफ्ना थोरै भएपनी सपना पूरा गर्ने जमर्को गरेका छन् तर धेरैका सपना ऐठन बन्दै छन् जो कोरिया लाई गन्तव्य मानेर बसेका छन् ।

जो जति कोरियामा छौ यो पंक्तिकार लाई लाग्छ सबै जना बिश्वविद्यालय कै विद्यार्थी छौ जस्तो लाग्छ ।परिवर्तन का हरेक मोडहरुमा अग्रपंक्तिमा उभिने यो जमात बिदेशिनु पर्दाको पिडामा राज्य किन गैरजिम्मेवार बन्छ ? उर्जाशिल समय बिदेशमा बसेर राज्यलाइ रेमिटेन्स पठाउने युबाहरुको पसिनालाइ सम्बन्धित निकायले किन नजरअन्दाज गर्दै फजुल खर्च मा नेता र कर्मचारी लाई सन्सार घुमाउछ ?  मितब्ययिता र जिम्मेवारी सगै पार्दर्शिता खै ?

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here