कोरियामा नेपाली सहितका कामदारको तलब १०.९ % बढ्यो, बेसिक तलब १७४५१५० वोन

0
50899

 

दक्षिण कोरियामा कामदारको तलब १०.९%ले वृद्धि भएको छ । हिजो देखि लगातार आज बिहान साढे चार सम्म बसेको ज्याला निर्धारण समितिको बैठकले आगामी वर्ष सन् दुइ हजार उन्नाइसका लागि इपिएस लगायत सम्पुर्ण कामदारको तलब उक्त प्रतिशतले वृद्धि गर्ने निर्णय गरेको हो । पहिलो चरणको वार्तामा सहमती हुन नसकेपछि राति दश बजे पछि पुनः वार्ता बसेको थियो ।

-- Ad --


तलब वृद्धि भएसँगै कामदारको तलब प्रतिघण्टा ८३५० कोरियन वोन भएको छ । जस अनुसार दैनिक आठ घण्टा काम गरेपछि महिनाको न्यूनतम तलब १७४५१५० अर्थात मासिक नेपाली एक लाख ६८ हजार भन्दा बढि रुपैया पाउने छन् । प्रतिघण्टा ८ हजार वोन भन्दा बढि न्यूनतम ज्याला कोरियामा अहिले सम्मकै धेरै हो । गत वर्ष प्रतिघण्टा ७५३० वोन ज्याला रहेको थियो । ज्याला निर्धारण मजदुर युनियनका पाँच सदस्य, कम्पनी व्यावस्थापन र सरकारी प्रतिनिधी सहित २७ जनाको कमिटीले गर्ने गर्दछ । हिजो सेजङमा न्यूनतम ज्याला वृद्धि गर्न विषयमा अन्तिम वार्ता भएको थियो । वार्तामा मजदुर पक्षधरले ८६८० वोन र सरोकारवाला निकाय पक्षधरले ८३५० वोन वृद्धि गर्नुपर्ने पक्षमा थिए । यद्यपी मजदुर युनियनहरुले प्रतिघण्टा १० हजार वोन वृद्धि गर्नुपर्ने माग राख्दै आन्दोलनका कार्यक्रम गर्दै आएका छन् ।
सन् दुइ हजार उन्नाइसका लागि तय गरिएको न्यूनतम ज्याला वर्तमान राष्ट्रपति मून जेइनले राष्ट्रपति निर्वाचन ताक गरेको प्रतिबद्धता अनुरुप भएको छ । राष्ट्रपति मूनले सन् दुइ हजार बिस सम्म मजदुरको न्यूनतम ज्याला प्रतिघण्टा १० हजार वोन पु¥याउने प्रतिबद्धता ब्यक्त गरेका थिए । राष्ट्रपतिको प्रतिबद्धता अनुरुप न्यूनतम ज्याला वृद्धि भएसँगै यहाँ कार्यरत नेपाली सहितका इपिएस र कोरियन कामदार खुसि भएका छन् । कोरियामा सन् दुइ हजार आठ देखि इपिएस प्रणाली लागू भएपछि नेपाल लगायत सोह्र मुलुकका कामदार रोजगारीका लागि आउने गरेका छन् । हाल कोरियामा चालीस हजार भन्दा बढि नेपाली श्रमीक कार्यरत छन् । आगामी जनवरी देखि लागू अर्थात कार्यन्वनमा आउने तलब वृद्धिले नेपालीको आर्थिक स्तर थप उकास्न सहयोग गर्ने छ । यद्यपी कम्पनीले विभिन्न शिर्षकमा तलब कटौती भने गर्र्दै आएका छन् । खाना, आवास लगायतका शिर्षकमा कम्पनीले तलबबाट केहि प्रतिशत रकम कटौति गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here