कोरियामा पर्यटन बर्ष २०२० लाई लक्षित गर्दै नेपाल डे को तयारी

2403

नेपाल सरकारले घोषणा गरेको पर्यटन बर्ष २०२० लाइ लक्षित गरि कोरियामा ‘नेपाल डे मनाउने को तयारी तीव्र रुपमा अघि बढिरहेको छ । कोरियामा क्रियाशिल सामाजिक संस्था एन आर एन ए, सोन्सिक र नेपाली दुताबास कोरियाको संयुक्त आयोजनामा जुलाइ २१ र २२ तारिख सौल मनाउन लागिएको नेपाल डे को तयारी अन्तिम चरणमा पुगेको आयोजकले बताए ।

सरकारले सन् २०२० मा १५ लाख पर्यटक भित्र्याउने लक्ष्यका साथ नेपाल भ्रमण वर्ष मनाउने घोषणा गरेसँगै कोरियाली पर्यटकलाई नेपाल भित्राउने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा नेपाल सम्पर्क समिति,वोमन फर वोमन,जनजाति महासंघ, नेपाल सम्पर्क समिति,जनजाति महासंघ कोरिया पत्रकार महासघं विशेष सहयोगमा रहेको छ ।

कार्यक्रममा नेपाललाइ कोरिया तथा बिश्वभर चिनाउन प्रचार प्रशार गर्ने, नेपालको प्राकृतिक सम्पदा, सांस्कृतिक सम्पदा तथा धार्मिक सम्पदाको परिचय, बहु सांस्कृतिक कला, भाषा, नेपाली खाना तथा परिकारको परिचय प्रचार प्रसार हुनेछ ।

के-के छ विशेष कार्यक्रम
नेपाल डे को पहिलो दिन जुलाइ २१ तारिख कार्यक्रमको औपचारिक उद्घाटन गर्ने,नेपाललाइ बिशेष सहयोग गर्ने कोरियाली नागरिकलाइ सम्मान गर्ने, नेपाली कला संस्कृति झल्किने सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्ने, नेपालका हिमालमा पर्वतारोहण गर्ने कोरियाली नागरिक, पर्यटक र भोलुन्टेयर गर्ने कोरियाली नागरिकहरूको फोटो प्रदर्शनी गर्ने कार्यक्रम रहेको छ ।

त्यस्तै दोश्रो दिनको कार्यक्रम छङ्गेछन ग्वाङ्जाङमा गरिनेछ। दोश्रो दिनको कार्यक्रममा फोटो भिडियो प्रदर्शनी गरिने छ। जस अन्तरगत नेपालको प्रकृति,संस्कृति, कला ,धार्मिक महत्व आदि क्षेत्रको जानकारी दिने उद्देश्यले फोटो तथा भिडियोहरू प्रदर्शन गरिनेछ। त्यस्तै नेपाली खानाको स्टल राखिनेछ भने नेपाली कला र संस्कृति झल्किने सांस्कृतिक कार्यक्रमको आयोजना पनि गरिने छ।

सन् २०११ जुलाईमा पहिलो नेपाल डे
कोरियामा पहिलो पटक सन् २०११ जुलाईमा नेपाली दुतावासले नेपाल डे मनाएको थियो । कोरियाको ब्यस्त रहने अइदो पार्कमा नेपाल डे मनाए पनि प्रचार प्रसारको कमीले उल्लेखनिय सहभागिता थिएन । त्यसपछि ७ वर्ष पछि फेरी नेपाल डे मनाउने तयारी भइरहेको छ ।

सन् २०११ जुलाईमा अइदो पार्कमा मनाइएको नेपाल डे

 

 

प्रतिक्रियाहरू