कोरियामा पहिलो पटक कोरोना भाइरस निको भएपछी एक महिलाले डाक्टरलाई लेखिन यस्तो पत्र , “तपाइँ मेरो हिरो हो “

2422

दक्षिण कोरियामा पहिलो पटक कोरोना भाइरसको  लक्षण देखिएकी ३५ बर्षीय चिनियाँ महिला निको भै अस्पताल बाट डिस्चार्ज भएकी छन् l चीनको वुहाम देखि कोरिया आएकी ति महिलामा कोरोना भाइरस देखिएपछि गत जनवरी २० तारिख देखि उपचार्थ थिइन l
कोरिया रोग नियन्त्रण केन्द्रका अनुसार उनि कोरियामा कोरोना भाइरसको पहिलो बिरामी हुन् l उनलाई भाइरस तथा निमोनियाको उपचार गरिएको थियो l
उपचार पश्चात निको हुन सफल ति महिलाले कोरियन मेडिकल टिमलाई अत्यन्तै भावुकताका साथ पत्र लेखेकी छन् l उनले पत्रमा अस्पतालमा पाएको सद्वाब, स्नेह  तथा कोरियाको मेडिकल टेक्नोलोजीको खुलेर प्रसंसा गरेकी छन् l उनले कोरियन डाक्टरहरुलाई आफ्नो देश  चीन आउन निमन्त्रणा गर्दै  लेखेकी छन्  ” तपाइँहरु  मेरो हिरो हो , मैले धेरै कुरा सिके l अब बाँकि रहेको जीवन अरुको लागी मात्र खर्च गर्नेछु l कहिलेकाही मेरो देश आउनुस l मेरो लागि सबैभन्दा आदरणीय पाहुना तथा सबैभन्दा नजिकको असल साथि तपाईहरु हुनुहुनेछ ”
कोरियामा हाल सम्म २५ जना कोरोना भाइरसका बिरामी भएको पुष्टि भएको छ l ति मध्ये २ जना उपचार पश्चात घर फर्किसकेका छन्  l
कोरियन अनलाइनको सहयोगमा

प्रतिक्रियाहरू