कोरियामा पुनः अर्को आँधीबेरी (टाइफुन) को सम्भावना ,सजक रहन सुझाब

2524

जापानको समुद्र  देखि शुरु भएको टाइफुन “पेइफ” ले कोरिया प्रायद्विपमा क्षति पुर्याउन सक्ने अनुमान गरिएको छ l कोरिया मेट्रोलोजिकल एड्मिनिस्टे्रसन ( केएमए) का अनुसार हाल टाइफुन पेइफ १ हजार हेक्टोपास्कलको चाँपमा ३६ किलोमिटर प्रतिघन्टाको दरले कोरिया प्रायद्विप नजिकिदै छ l

हाल १४ मिटर प्रति सेकेन्ड छ रहेको हावाको गति २४ घन्टामा बढ्न सक्ने अनुमान गरिएको छ l टाइफुन पेइफ अहिले ताइवानको नजिक रहेको र उत्तरी दिशा तर्फ गति लिईरहेको हुदा यसले कोरियालाई असर गर्न सक्ने बताइएको छ l
केएमएले भनेको छ कि ” उक्त टाइफुनले कोरियालाई के कस्तो असर  पार्छ भनेर  अहिले नै  पूर्ण रुपमा यकिन गर्न सकिदैन l हामीहरु उच्च सतर्कता साथ हेरिरहेका छौ ”

पुर्व अनुमान अनुसार टाइफुन पेइफले सेप्टेम्बर २२ र २३ कोरियाको दक्षिणी तथा पूर्वी क्षेत्रमा बर्षा समेत गराउन सक्नेहुदा सजकता अपनाउनु पर्ने सुझाब दिईएको छ l

केहि दीन पहिला जापान देखि आएको आएको लिङ्लिङ् आंधीका  कारण कोरियामा सयौं  संरचना ध्वस्त हुनुका साथै केहि मानिसहरु हताहत समेत भएका थिए l
एजेन्सी

प्रतिक्रियाहरू