कोरियामा पुनः अर्को दुखत खबर ,उपचारको क्रममा एक नेपालीको मृत्यु

3182

इपिएस मार्फत ४ बर्ष पहिला कोरिया आएका एक नेपालीको उपचारको क्रममा मृत्यु भएको छ l

कोरियाको योङ्गिनमा कार्यरत इलाम साखेजुङका टुकेन लिङ्दम लिम्बूको  आतबार मृत्यु भएको  कोरिया स्थित नेपाली दुतावास श्रोतले पुष्टि गरेको छ l

मुटु सम्बन्धि समस्या बाट  पिडित लिम्बु  उपचारकै क्रममा थिए l लिम्बुको शव हाल योङ्गिन स्थित  एक स्थानीय अस्पतालमा राखिएको छ l

सपूर्ण प्रक्रिया पुरा गरिसकेपछि  उनको शवलाइ छिटो  भन्दा छिटो नेपाल पठाइने दूतावासले बताएको छ l

कोरियामा बिरामी परि मृत्य हुनेको संख्या बढ्दो  छ l करिब एक महिना पहिला निमोनिया बाट पिडत पर्वतका अमृत कुँवरको पनि उपचारकै क्रममा मृत्यु भएको थियो l

प्रतिक्रियाहरू