कोरियामा पुनः अर्को दुखत खबर , एक नेपालीको बिहोसभै मृत अबस्थामा फेला

7517

कोरियामा फेरी एक नेपालीको दुखत निधन भएको छ l इपिएस मार्फत करिब ८ बर्ष पहिला कोरिया प्रवेश गरेका नेपालीको हृदय घातको कारण मृत्यु भएको एनसिसि कोरियाकी अध्यक्ष अन्जु केसी ले जानकारी गराएकी छन् l

आफ्नो बैधानिक भिषा समाप्ति पछी अबैधानिक रुपामा बस्दै आइरहेका काठमाडौंका धुर्ब भण्डारी अस्पतालमा  मृत अबस्थामा नेपालिहरुले फेला पारेका हुन् l बिबाहित भण्डारी करिब ८ बर्ष पहिला कोरिया प्रवेश गरेको बुझिएको छ l  उनि कोरियाको थाङ्गजिन स्थित एक कम्पनीमा कार्यरत थिए l

कोरियामा अबैधानिक रहेकोले  नेपाल देखि उनको श्रीमतीले लास फिर्ता पठाउन कोरियामा रहेका ठुला संस्था एनआरएन ,एनसीसी तथा एमटियु लाइ समेत आग्रह गरि पत्राचार गरेको समेत खुल्नमा आएको छ l

यो समाचार तयार गर्दा सम्म निकै अबेर भएकोले कोरिया स्थित नेपालि दुतावासमा भने सम्पर्क हुन सकेको छैन l
बिस्तृत जानकारीको लागि हेर्दै गर्नु होला हेल्लो नेपाल कोरिया डट कम

प्रतिक्रियाहरू