कोरियामा प्रकाश खड्काले कराँतेबाट दिलाए रजत पदक

283

दक्षिण कोरियाको बुसान शहरमा सम्पन्न ३१ औ बुसान मेयर कप अन्र्तगत १२ औ खुला कोरिया अन्तराष्ट्रिय कराते च्याम्पियनशिमा एक नेपाली युवाले रजत पदक जितेका छन् ।

जुन ७ देखि १२ जुन सम्म भएको खेलमा कोरियालाई ८ ० ले हगंकगंलाई ११ ३ ले हराउदै फाइनलमा पुगेका खड्का इन्डोनेशियासँग ११ ९ अन्तरले पराजित हुदै रजत पदक दिलाएका हुन ।

नेपालदेखि उक्त प्रतियोगितामा भाग लिन आएका म्याग्दीका खड्काले विदेशी भुमीमा आएर जितेको यो पहिलो पदक हो । यसले आफुलाई अझ यस खेलमा अन्तराष्ट्रिय स्तरमा प्रतिष्प्रधा गर्न हौशाला मिलेको बताए ।

प्रतिक्रियाहरू