कोरियामा प्रणय विशेष गजल मुक्तक साँझ सम्पन्न

175

प्रणय दिवसको अवसर पारी शनिबार कोरियाको शहर दोङ्देमुन शहरको नेपाली किचेन रेष्टुरेन्टमा गजल मुक्तक साँझ सम्पन्न भएको हो ।
शुनेश के.सी. को प्रमुख आतिथ्यमा कार्यक्रम सम्मन्न भएको हो । त्यसैगरी अतिथीहरुमा धर्मराज गौतम, के.पी. चौलागाई, अशोक मैनाली, विपिन गुरुङ, अमर छन्त्याल, अनन्त यात्रा वास्तोला, लगाएत हुनुहुन्थ्यो । कार्यक्रम संयोजक तथा मुक्तक प्रतिस्थान कोरियाका अध्यक्ष रामचन्द्र शर्माले स्वागत मन्तब्य राख्नु भएको थियो । कार्यक्रमका प्रणय विशेष गजलकार एईडेन छन्त्याल तथा प्रणय विशेष मुक्तककार शुशील अर्याल ले थुप्रै प्रणय तथा समयसामायीक गजल मुक्तकहरु वाचन गर्नुभएको थियो । साथै अन्य सर्जकहरुमा विष्ट डि बि तनाब, खगेन्द्र खत्री सुरज सुमन ढकाल, अनन्त यात्रा वास्तोला, विपिन गुरुङ्ग, भरत सुबेदी, लगाएतकोे दह्रो प्रस्तुतिले माहोलम तताएको थियो । साथै सुमन ढकालको गजल गायनले पनि उपस्थितीको ध्यान तान्न सफल भएको थियो । उक्त कार्यक्रमलाई भब्य र सभ्य रुपमा सफल बनाउनलाई प्रत्यक्ष तथा अप्रत्यक्षरुपमा साथ र सहयोग प्रदान गर्नुहुने सम्पूर्णमा आयोजकको तर्फवाट हर्दिक धन्यवाद प्रदान गरिएको छ ।

प्रतिक्रियाहरू