कोरियामा प्रणय विशेष गजल मुक्तक साँझ हुने

166

 

कोरियामा प्रणय विशेष गजल मुक्तक साँझ हुने भएको छ । प्रवासमा नेपाली साहित्यको उत्थान र प्रवद्र्धन साथै नेपाली दाजुभाईहरुवीचको भाईचारा सम्बन्ध कायम गर्ने उद्देश्यका साथ कोरियामा पहिलो पटक प्रणय विशेष गजल मुक्तक साँझ हुन लागेको  हो ।
उक्त कार्यक्रममा प्रणय विशेष गजल वाचनमा गजलकार एईडेन छन्त्याल रहनेछन् भने मुक्तक वाचनमा मुक्तककार शुशील अर्याल रहनेछन् । साथमा अन्य थुप्रै सर्जकहरुको पनि गजल मुक्तक वाचन रहनेछन ।
कार्यक्रम यहि फेब्रुरी २३ तारिख कार्यक्रम साँझ ७ः३० बजे देखि  नेपाली किचन दोङ्देमुनमा हुने बताइएको छ  । कार्यक्रम मुक्तक प्रतिष्ठान दक्षिण कोरिया सँगको सहकार्यमा हुँदैछ ।
साथै उक्त  मनोरञ्जनात्मक कार्यक्रम भब्य र सभ्य रुपमा सफल बनाउन साथ र सहयोगको लागि विभिन्न संघ संस्था, समाजसेवी, पत्रकार, वुद्धिजिवी, ब्यापारी, विद्यार्थी, तथा विभिन्न भिषामा कोरियामा रहनुहुने समस्त नेपाली दाजुभाई दिदीबहिनीहरुमा अायाेजककाे तर्फवाट अनुराेध गरिएकाे छ ।
कार्यक्रम हुने स्थान तथा नेपाली किचन दोङ्देमुन गेट नं. ३ वाट सिधा अगाडी हुँदै वाँया तर्फको गल्लीमा रहेको छ ।

-- Ad --