कोरियामा प्रवासी मजदुरका लागि किन एमटियू आवश्यक छ?

2143

 

 

एमटियु कोरियामा काम गर्न आउने सबै देश का प्रवासी मजदुरको सङ्गठन हो। कोरियामा रोजगार अनुमति प्रणालि लागु भएको १४ बर्ष भएको छ। रोजगार अनुमति प्रणाली अन्तरगत काम गर्ने ठाउँ परिवर्तन गर्ने देखि लिएर परिवर्तन गरि  अर्को  ठाउँ गएर काम गर्ने र  कार्य स्थल बाट भागेको  भनि  झुटो आरोप लगाई उजुरी गर्ने  सम्म सबै अधिकार  साहुमा निर्हित छ्।  रोजगार  अनुमति प्रणाली का यिनै खराव निति का कारण कम्पनि परिवर्तन गर्न पाइदैन के गरि कम्पनि परिवर्तन गर्न पाई हाले छ भने पनि कम्पनि को बिबरण नदिएर कम्पनि को साहुले सम्पर्क गरे मात्र कम्पनि पस्न सकिने र साहुले जानकारी गराउने झुटो बिबरण का आधार मा कार्य स्थल  छनौट गर्नु पर्ने बाध्यता छ ।रोजगार दाता ले चाहेको खण्ड मा प्रवासि मजदुर को परिस्थिति तल माथि गरि दिन सक्छ्। यस अवस्था मा प्रवासि मजदुर ले झन झन दास को जिवन जिउनु पर्छ्। कोरिया को श्रम मापण्ड अनुसार कानुनले समेत जवर्जस्ति काम गराउनु हुदैन भन्छ्।

तर प्रवासी मजदुर को हकमा भने इपियस  कानुन का कारण  जवर्जस्ति दास बनाएर राख्न पाउने ब्यबस्था गरिदिएको छ्। प्रवासि मजदुर पनि  मानिस हुन र एक मानव को रुपमा स्वस्थ्य भएर काम गरेर आफ्नो आर्थिक स्थिति मा केहि सुधार होस भन्ने उद्देश्य बोकेर कोरिया आएका हुन्छन्। तर कोरिया आईसके पछि आफ्नो जिवन मरण को सम्पुर्ण अधिकार  रोजगार दाता को हातमा निर्हित गराएर  उसका सम्पुर्ण सपना चकनाचूर पारिन्छन्। साहुले गालि गलौच ,दुर्ब्यबहार गरि बन्धन मा राखेमा या  शारीरिक  मानसिक रुपमा बन्धन मा राखेर जवर्जस्ति काम गराएमा कार्वाहि हुने प्रावधान भए पनि प्रवासि मजदुर को हक मा अलगै लागु हुने इपियस कानुन का कारण  न्याय  पाउनु सम्भव छैन्। काम गर्ने ठाउँ  (कार्यस्थल )स्वतन्त्रता पुर्वक फेर्न पाउने  मानविय अधिकार हो कोरिया मा प्रवासि मजदुर लाई उक्त अधिकार बाट बन्चित गराईए को छ्। कोरिया को श्रम कानुन मा जवर्जस्ति श्रम गराउन नहुने ब्यबस्था गरिएको भएता पनि प्रवासि मजदुर लाई यो अधिकार  बाट बन्चित गराईएको छ्। जुन कोरियालि श्रम कानुन बिरुद्ध छ र यो गैरकानुनि पनि  छ।

कोरियाली मजदुर कहि भए पनि कोरियन मजदुर नीति अन्तरगत आफ्नो अधिकार संरक्षण गरिरहेको भए पनि प्रवासी मजदुरको हक मा इपियस पद्धति मा सबै अधिकार रोजगारदाता निर्हित हुनाले हामी प्रवासी मजदुर लाई मजदुर नभएर आधुनिक युग को दास बनाएर राखिएको छ।

त्यसो हो भन्दै मा हामिले चुपचाप दास भएर बस्नुपर्छ भन्ने चाहिँ कतै होइन र बन्नु हुन्न पनि। यस्को लागि हामी लाई पनि आफू माथी भैराखेको दमन र सोसण विरुद्ध आवाज उठाउन मजदुर संगठन गठन गर्न पाउने, मजदुर संगठन को सदस्य बन्न पाउने र आफ्नो हक अधिकार प्राप्ती हेतु  धर्ना प्रदर्शन  र्‍यालि गर्न पाउने अधिकार कानुन मा सुनिश्चित   गरिएको छ्। अधिकार  जहिले पनि दवाव शृजना गरेर मात्र प्राप्त गर्न सकिन्छ  कसैले राजि खुशि या आफै दिदैन कुनै पनि साहु आफै तलव बृद्धि गर्न चाहदैन उसलाई दवाव दिनु पर्ने हुन्छ्। मजदुर को भलो न चाहने केहि ब्यक्ति/ सरोकार वाला द्वारा  मजदुर सङ्गठन को बारेमा अफाह फैलाउने गरेका छन्। कोरिया मा आन्दोलन गर्नु हुदैन कानुन को दायरा मा बस्नु पर्छ भनेर वास्तव मा कोरिया को कानुन मिचेर कसैले  आवाज उठाएको हुदैन यसो गर्न कुनै पनि बिदेशिलाई छुट दिएको छैन्। कानुन को दायर मा रहेर र आफ्नो हक अधिकार को लागि आवाज उठान मिल्ने अधिकार को प्रयोग गरेर नै आवाज  उठाईएको हुन्छ्। अर्को कुरा एमटियु ले गर्ने दवाव मुलक कार्यक्रम लाई नेपाली को मात्र भनेर भ्रामक अफाह फैलाईने पनि गरीएको छ हो एमटियु मा हामि नेपाली को योगदान अतुलनीय छ तर पनि एमटियु मा  अरुदेश का प्रवासी  मजदुर को पनि त्यतिक्कै योगदान रहेको छ्। एमटियु  नेपाली मात्र सङ्गठन होइन यो  बिश्व भरि बाट कोरिया मा काम गर्न आउने  प्रवासि मजदुर को हक हित को लागि खोलिएको सङ्गठन हो र एमटियु को उद्देश्य सहित कोरिया को श्रमविभाग मा दर्ता भएको छ्। यसमा सबै देशको प्रवासि मजदुर सहभागी हुन पाउछन्। सदस्य र पदाधिकारी  हुन पाउछन ज्ञात  रहोस कुनै पनि कोरियन नागरिक  मुख्य  पदाधिकारी हुन पाउदैन । एमटियु ले  मजदुर को अहित हुने बिसय लाई कहिले पनि समर्थन गर्दैन  एमटियु ले कोरिया मा प्रवासि मजदुर ले आफुखुशि कम्पनि परिवर्तन गर्न पाउने नियम सहित को wps लागु हुनु पर्छ भन्ने माग लाई  मुख्य मुद्दा  बनाए को छ्। यसको पनि केहि  सरोकार वाला ब्यक्ति ले उल्टो ब्याख्या गरेर अफाह फैलाउने गरेका छन  यिनि हरु को मनसाय इपियस रद्द गराई दलालि प्रथा लाई सहयोग गराउने हो भनेर वास्तवमा wps लागु हुनुपर्छ भन्नु को अर्थ eps मा रहेका एक आद राम्रा पक्ष पनि हटाई नु पर्छ भन्ने होइन राम्रा पक्ष लाई यथावत् र नराम्रो पक्ष मा सुधार गरिनु पर्छ भन्ने हो । इपियस मा सबै भन्दा राम्रो र निसपक्ष  भनेको छनौट  प्रकृया हो यो एकदमै निस्पक्ष छ जसमा सानो ठुलो धनि गरिव  कालो गोरो को भेदभाव गरिदैन र यो जहिले पनि  यथावत् रहनु पर्छ । wps लागु हुदा पनि यो यथावत् रहनु पर्छ भन्ने माग एमटियु को रहेको छ यसका बारेमा  कसैले पनि भ्रमात्मक अफाह  फैलाउदै मा केहि हुदैन एउटा मजदुर सङ्गठन सधै मजदुर को हक हित का लागि खोलिएको हुन्छ् र हुनुपर्छ्।  एक मजदुर  को हिमायती  मजदुर सङ्गठन ले  कहिले पनि मजदुर हकहित का बिसय भन्दा बाहिरि बिसयलाई आत्मसात् गर्दैन  प्रवासी मजदुर सङ्गठन  पनि  यस्तै एक सङ्गठन हो । तसर्थ विश्व को  जुनसुकै  देश बाट  कोरिया काम गर्न आउने प्रवासि मजदुर यसको सद्स्य बनेका छन र आगामी दिन मा कुनै भ्रामक अफाह को पछि नलागेर  कोरिया मा काम गर्न आउने सबै देश को प्रवासी मजदुर  ले प्रवासी  मजदुर सङ्गठन को सद्स्य बनि आफ्नो हक अधिकार  प्राप्ती का लागि एकजुट भएर दवाव शृजना गरौ।

 

प्रतिक्रियाहरू