कोरियामा फेरी अर्को दुखत घटना , सुतेकै अबस्थामा एक नेपाली मृत फेला

4730

कोरियामा नेपालीहरुको मृत्युको शृंखला बढिरहेको बेला फेरी अर्को दुखत घटना घटेको छ l इपिएस मार्फत रोजगारीका लागि कोरिया आएका एक नेपाली सुतेकै अबस्थामा मृत फेला परेका छन् l ४ बर्ष  पहिला रोजगारीको लागि कोरिया आएका काभ्रेका सुजन थापा आफ्नै कम्पनीको होस्टेलमा मृत फेला परेको कोरियामा रहेका मृतकका भाइ शिशिर थापाले बताएका छन् l
काभ्रे सम्पर्क समितिका अध्यक्ष सिताराम तिमल्सिनाका अनुसार गए राति  करिब ४ बजे पिसाब फेर्न बाहिर निस्किई  पुनः आफ्नै कोठामा फर्की सुतेका थापा बिहान ७ बजे आफ्नै सहकर्मी नेपाली साथीले उठाउन खोज्दा मृत अबस्थामा फेला परेका थिए l कोरियाको याङ्जुमा रहेको एक कम्पनीमा कार्यरत थापाको २ बर्ष पहिला कोरियामै थाईराइड को सफल सल्लेक्रिया भएको थियो l नेपाललमा उनको श्रीमती र २ सन्तान समेत रहेको बुझिएको छ l
रातिको ४ बजे सम्म सकुशल अबस्थामा रहेका थापा ३ घण्टाकै अन्तरालमा मृत फेला पर्नु अत्यन्तै दुखत घटना भएको अध्यक्ष तिमल्सिनाले हेल्लो नेपाल कोरिया डट कमलाइ  बताए l घटना सुन्ने बित्तिकै ट्याक्सी लिएर घटना स्थल पुगेको र  कोरियामै रहेका  मृतकका भाइ संग समेत भेट  भैसकेको उनले  बताए l
घटना बारे सियोल स्थित नेपाली दुतावासमा सम्पर्क गर्दा आज बिदाको दीन परेकोले अनौपचारिक जानकारी मात्र प्राप्त भएको श्रम कन्सुलर डिल्लीराम बास्तोलाले बताए l
कोरियामा एक सातामा थापा सहित २ जना नेपालीको मृत्यु भएको छ l ३ दीन  पहिला मात्र आफ्नो छोरा संगै अमेरिका जान हिडेकी बिराटनगरकी एक महिलाको  इन्छन विमानस्थलको ट्रान्जिटमा मृत्यु भएको थियो भने कोरियामा रहेकी आफ्नी छोरी भेट्न आएका चितवनका  एक बृद्वको समेत मृत्यु भएको थियो l