कोरियामा बिगत ७ बर्ष देखि कार्यरत एक नेपाली सुतेकै अबस्थामा मृत फेला

3337

दक्षिण कोरियामा रात्रि कालिन काम सकेर बिहान सुतेका एक नेपाली सुतेकै अबस्थामा मृत फेला परेका छन् l इपिएस मार्फत कोरिया आइ बिगत ७ बर्ष देखि ख्वाङ्जु स्थित एक कम्पनीमा कार्यरत स्याङ्जाका खड्का बहादुर थापाको सुतेकै अबस्थामा मृत्यु भएको सियोल स्थित नेपाली दुतावास श्रोतले बताएको छ l

रात्रीकालिन काम सकेर बिहान ९ बजेतिर एक्लै सुतेका उनि साझ ड्युटी जानेबेलासम्म पनि नउठेपछि कम्पनीमा सँगै काम गर्ने साथीहरुले हेर्न जाँदा मृ’त अवस्थामा फेला परेपछि प्रहरीलाई खबर गरेका थिए ।

३३ बर्षिय अबिबाहित थापा कोरियाको पहिलो कार्यकाल अर्थात ४ वर्ष १० महिना पूरा गरेर फेरि दोश्रो कार्यकालका लागि कोरिया आएका थिए l उक्त कम्पनीमा उनि सहित ५ जना नेपाली कामदार थिए l

सियोल स्थित नेपालि दुतावासले घटनाको पुष्टि गरेको छ l घटना बारे आधिकारिक जानकारी आएको छ, प्रक्रिया पुर्याएर शव नेपाल पाठाउने तयारि हुदै छ ” श्रम कन्सुलर डिल्लीराम बास्तोलाले बताउनु भयो l” सुतेकै अबस्थामा के कति कारणले उनको निधन भयो भन्ने वारेमा बिस्तृत छानबिन गरिने बताउनु भयो l

कोरियामा सुतेकै अबस्थामा नेपालीको मृत्यु भएको यो पहिलो घटना भने होइन l यस्ता घटना दर्जनौ पुगिसकेका छन् l सुतेकै अबस्थामा के कति कारणले मृत्यु भयो यो बारेमा न त कोरियन प्रहरीले नै बिस्तृत छानबिन गर्दछ न त नेपाल सरकारले नै त्यति चासो देखाउछ l यस्ता घटना प्रति सम्बन्धित निकाय गम्भीर भएर बिस्तृत छानबिन गरि कारण पत्ता लगाउन सके अरुलाई पनि सुरक्षित हुन सहज हुने देखिन्छ l

प्रतिक्रियाहरू