कोरियामा बिरामी भै उपचारार्थ संजय बिकलाई ३० लाख वोन सहयोग हस्तान्तरण

334

नेपालको रौतहट जिल्ला घर भै कोरिया को छेछन   काम गर्दै  आइरहेका संजय बिकलाइ उपचार खर्च स्वरूप ३० लाख १५ हजार कोरियन वोन सहयोग हस्तान्तरण गरिएको छ l कोरियामा रहेका बिभिन्न सामाजिक अभियन्ताहरुको बिसेष  पहलमा संकलन गरिएको उक्त रकम एनआरएन कोरियाकी अध्यक्ष लक्ष्मी लामा गुरुङ , एनसीसी कोरियाकी अध्यक्ष अन्जु केसी , एमटियुका अध्यक्ष उदय राइ लगाएत बिभिन्न सामाजिक अभियान्ता हरुको उपस्थितिमा बिरामी बिकको परिवार लाइ आइतबार  हस्तान्तरण गरिएको छ l

केहि साता अघि  अचानक स्वास्थय मा समस्या देखिएपछि अस्पतालको आइसियुमा राखेर उपचार गराउँदै गरेको अबस्थामा उपचार खर्च धेरै  लाग्ने  देखिएपछि केही दिन अगाडि बाट संजय बिक बचाउ अभियान शुरु गरिएको थियो l हस्तान्तरण कार्यक्रममा बिरामीको सिघ्र स्वास्थ लाभको कामना गर्दै सहयोगी दाताहरुलाई बिसेष धन्यवाद समेत ब्याक्त गरिएको थियो l

प्रतिक्रियाहरू