कोरियामा बुद्धको मुर्ति प्रतिस्थापन गर्ने अभियानमा सहयोग आउने क्रम जारी, दुतावासको भुमिका अग्नीपरिक्षामा

616
कोरियामा नेपालमा निर्माण गरि ल्याउन लागिएको बुद्धको प्रतिमा प्रतिस्थापन गर्ने समय नजिकिदै जादाँ सहयोग आउने क्रम पनि जारी छ । सयौ संख्याका नेपाली संघ संस्थाबाट भने यस प्रवित्र अभियानमा सहयोग भने केहि संस्थाले मात्र गरेका छन् । राष्ट्रिय अभियानको रुपमा अगाडि बढाइएको विशुद्ध अभियानमा केहि प्रतिष्ठीत भनिने नेपाली संस्थाबाट भने अझै सहयोग रकम भने घोषणा भएको छैन् । भित्रिरुपमा विभिन्न खाले असहयोगका रणनीतिलाई छिचोल्दै अगाडि बढेको यस अभियानमा अहिले सम्म आवश्यक अनुमानित चार करोड वोन संकलन हुन नसकेको सचिवालय समितिले जनाएको छ ।

सहयोग संकलन अभियान अन्र्तगत झण्डै नब्बे प्रतिशत रकम भने संकलन भइसकेको समितिको भनाई छ । भने बुद्धको मुर्ति नेपालबाट ल्याउने अभियान पनि अन्तिम चरणमा पुगेको छ । त्यस्तै बुद्धको मुर्ति प्रतिस्थापन गर्ने स्थल योङिन स्थित वाउजङसा गुम्बामा पनि तयारी र निर्माण काम शुरु भएको छ । नेपालबाट ल्याइने बुद्धको प्रतिमा यहाँको बुद्ध जयन्तीको अवसरमा नगर परिक्रमा गराएर गुम्बामा प्रतिस्थापन गर्ने योजना छ । वर्षेनी लाखौ स्वदेशी र विदेशी पर्यटकले दर्शन गर्ने वाउजङसा गुम्बामा नेपाली वुद्धको प्रतिमा प्रतिस्थापन गरेर बुद्धको जन्मस्थल बारेको भ्रम चिर्ने आशा अभियानकर्ताहरुको छ । बुद्धको जन्मस्थल बारेको भ्रम चिर्न केहि साता अघि नेपालमा पनि चर्चित अभियान्ताद्धारा टुडिखेलमा मानवसागर ओरालेर गिनिज बुक अफ द वल्र्डमा दर्ज गराउने काम भएको थियो । त्यसलाई फेसबुक प्रोफाइलमा राखेर नेपालीले प्रचारप्रसार गरेर सहयोग गरेका थिए । यद्यपी कोरियामा रहेका केहि समाजसेवी भनाउदाँले यसलाई असफल पार्न कोरियन प्रहरीमा उजुरी दिने चेतावनी, विभिन्न खाले अवान्छित अफवाह, राजनीतिक रंग दिने जस्ता घृणित कार्य गरिरहेको सुचना आएको छ । धार्मिक, प्रवित्र र राष्ट्रिय अभियानलाई असफल पार्ने र विवादमा ल्याउन खोज्ने कार्य जायज पनि होइन् ।

त्यस्तै समितिले सउलस्थित नेपाली दुतावासलाई संरक्षकमा बस्न तथा आवश्यक सहयोग गर्न पनि अनुरोध गर्दै विभिन्न चरणमा वार्ता र भेटघाट पनि गर्दै आएको छ । नेपाल सरकार र त्यसका निकाय नै अग्रसर भएर लाग्नुपर्ने कार्य नेपाली संघसंस्थाले अाफै चलाएको अभियानमा सहयाेग गर्न कुनै कसर बाकि राख्नु हुन्न ।
प्रतिक्रियाहरू