कोरियामा बुद्ध प्रतिमा प्रतिस्थापनको भब्य तयारी, सहभागि हुन संयोजक र दूतावासको अपिल (बसको लोकेशन सहित)

984
दक्षिण कोरियाको योङईन शहरस्थित वाउछङसा गुम्बामा नेपालबाट ल्याइएको बुद्धको मुर्ति प्रतिस्थापन र अनाबरणको तयारी भव्यरुपमा भइरहेको छ । नेपाली समूदायबाट हुन लागेको पहिलो बुद्ध प्रतिमा प्रतिस्थापनमा कोरियाका विशिष्ट अधिकारी, नेपाली दुतावासका राजदूत, कोरिया तथा नेपाली गुम्बामा धर्मगुरु सहित सयौ नेपालीको सहभागिता हुने भएकोले तयारी भव्य र तिब्र पारिएको हो । बुद्धको मुर्तिलाई आइतबार अर्थात यहि २० तारिख प्रतिस्थापन (अनावरण) गरिने छ । नेपाल सम्पर्क समिति एनसिसिको संयोजन र बौद्ध परिवारको सहकार्यमा अभियान नै चलाएर संकलित सहयोगबाट पहिलो पटक बुद्धको प्रतिमा प्रतिस्थापन गरिन लागेको हो । आइतबार हुने भव्य उद्घाटन समारोहमा संरक्षक नेपाली राजदूत अर्जुन जङ्ग बहादुर सिंह, योङइन शहरका मेयर, कोरिया पत्रकार महासंघका अध्यक्ष, कोरियन एयर, सस्कृति तथा पर्यटन मन्त्रालयका अधिकारी, विभिन्न गुम्बाका धर्मगुरु लगायत विशिष्ट पाहूनाको उपस्थिति रहने संयोजक अञ्जु केसीले बताउनु भएको छ । मुर्ती अनावरण तथा उद्घाटन समारोहमा विभिन्न सांस्कृतिक कार्यक्रम, नाच, पञ्चेबाजा, भोजन र यातायतको व्यावश्था गरिएको छ । सयौको सहभागिता हुने भएकोले तयारी पनि सोहि अनुरुप गरिएको भनाई अभियानको छ । नेपालीको बाक्लो उपस्थिति भए कोरियन माझ पनि नेपाली एकता र आफ्नो राष्ट्रिय पहिचान झल्कीने छ । कोरियामा बुद्धको जन्मस्थलको भ्रम चिर्न सहयोग पुग्ने यस ऐतिहासिक र भव्य समारोहमा सहभागी हुन दुतावास र अभिायनले कोरियामा कार्यरत सम्पुर्ण इपिएसकर्मी, विद्यार्थी, व्यावसायि, बुद्धिजिवी, पत्रकार, विज्ञ लगायतलाई अपिल गरेको छ ।

उपस्थित हुने सवैलाई यो दिएर अभियानले स्वागत गर्ने छ ।

सुवनको एके प्लाजा नजिकैको नयाँ भवनको सिधै अगाडि अर्थात ९ नम्बर गेटबाट निस्किएर माइग्रेन्ट सेन्ट जाने(सिन्हान बैंकको विपरित दिशा) १०, ६६ नम्बरका बस चढेको १ घण्टा पछि योङइन बस टर्मिनल पुग्न सकिन्छ । त्यहाँबाट वाउजङसा गुम्बा जाने बस लागेको हुन्छ ।

दोङ्देमूनबाट पनि बसको व्यावस्था गरिएको छ ।

प्रतिक्रियाहरू