कोरियामा बुद्ध प्रतिमा स्थापना अभियानको सहयोग संकलन जुन ३ सम्म

1395

कोरियामा पहिलो पटक बुद्धको प्रतिमा प्रतिस्थापन गर्न चलाइएको सहयोग संकलन अभियान यो हप्ताको अन्त्य अर्थात जुन ३ तारिख सम्म जारी रहने अभियानले जनाएको छ । आउने आइतबार देखि सम्पुर्ण सहयोग अभियान बन्द गरिने अभियानका संयोजक अञ्जु केसीले जानकारी दिएकी छिन् । चार महिना देखि चलाइएको अभियानमा उत्साहप्रदरुपमा संघसंस्था, व्यावसायि, पत्रकार, इपिएसकर्मीले आर्थिक सहयोग गरेका थिए भने केहिले घोषणा गरेपनि अझै सम्म रकम प्रदान गरेका छैनन् । नेपाली सम्पर्क समिति कोरियाको संयोजन , नेपाल बौद्द परिवारको सहकार्य तथा नेपाली दुताबास कोरियाको सहकार्यमा कोरियाको योङगिन शहर स्थित वाउछङ्सा गुम्बामा नेपाल देखि ल्याइएको नेपाली हस्तकलामा निर्मित बुद्द प्रतिमा गत मे २० तारिख एक भब्य समारोहका बीच प्रतिस्थापन गरिएको छ ।

यसैगरी अभियानले ऐतिहासिक बुद्ध प्रतिमा प्रतिस्थापन र अनावरणमा तन मन धनले सहयोग गर्ने सम्पुर्ण संघ संस्था तथा समाजसेबी महानुभावहरूलाई बिशेष धन्यबाद प्रकट गर्दै सहयोग रकम घोषणा गरेर पनि रकम दाखिला नगरेका महानुभाव तथा संस्थाहरूले पनि जुन ३ तारिख सम्म रकम डिपोजिट गर्न आग्रह गरेको छ । घोषणा गरेका मानुभावको रकम आएपछि यथासक्य चाँडो हिसाबकिताब सार्वजानिक गर्ने तयारीमा अभियान रहेको छ ।

 

प्रतिक्रियाहरू