कोरियामा बुद्व जयन्ती तथा अभियान्ता सम्मान कार्यक्रमको तयारी पूरा , गुम्बा सम्म पुग्न बसको समेत व्यवस्था

559

बुद्ध प्रतिमा स्थापना अभियान कोरियाले वाउछङ्सा गुम्बामा मनाउने बुद्द जयन्तीको तयारी पुरा भएको अभियानकी संयोजक अन्जु केसीले बताएकी छिन्।

२५६३  औं बुद्द जयन्तीको अवसर पारेर बुद्ध प्रतिमा स्थापना अभियान कोरियाले यहि मे १२ तारिख वाउछङ्सा गुम्बामा  बुद्द जयन्ती, बुद्द प्रतिमा स्थापना गरेको प्रथम बार्षिक उत्सब तथा अभियानमा सहयोग गर्ने दाताहरूलाइ सम्मान गर्ने  तयारी गरेको छ।

अभियानले बुद्द जयन्ती कार्यक्रममा जानको लागी दोङदेमुनबाट बसको ब्यवस्था गरेको छ। साथै वाउछङ्सा गुम्बाले खानाको समेत ब्यवस्था गरको जनाइएको छ।

बुद्द जयन्तीको अवसरमा वाउछङ्सा गुम्बामा मे १२ तारिख  बिहान ९ बजे देखि पुजा आजा, १० बजे देखि र्याली र १२ बजे देखि औपचारिक कार्यक्रम तथा सम्मान कार्यक्रम गर्ने बताइएको छ। वाउछङ्सा गुम्बाले आयोजना गरेको र्यालीमा बिभिन्न देशका बाैद्द धर्मावलम्बीको सहभागीता हुने जनाइएको छ भने नेपालको तर्फबाट बुद्द प्रतिमा स्थापना अभियानले सहभागीता जनाउनेछ। र्यालीमा नेपाली पहिचान झल्किने नेपाली माौलिक ड्रेस,  बिभिन्न जातिय पोशाकमा उपस्थित भैदिनु हुन सचिबालयले अनुरोध गरेको छ। साथै नेपाली कला संस्कृति झल्किने नौमति बाजा पनि घन्किनेछ।केहि नेपाली गित र नृत्यहरू समेत प्रस्तुत हुने सचिबालयले जनाएकाेछ।

बुद्द प्रतिमा स्थापना गर्न सहयोग गर्ने ब्यक्ति  बिशेष र संघ संस्थालाइ सम्मान सहित अभियानलाइ समापन गर्ने भएको छ।

गत बर्ष नेपाली सम्पर्क समिति द कोरियाको संयोजन,नेपाल बौद्ध परिवार द कोरियाको सहकार्यता तथा नेपाली राजदूताबास सउल कोरियाको संरक्षकत्वमा बुद्ध प्रतिमा स्थापना अभियान संचालन गरि अभियानको मुख्य उद्देश्य अनुसार गत २०१८ मे २० तारिख योङ्गगिन शहरमा रहेको वाउछङ्गसा गुम्बामा नेपाल देखि बुद्धको प्रतिमा खरिद गरि ल्याएर स्थापना गरेको हो।

उक्त अभियान सम्पन्न गर्नको लागी एन सि सि को संयोजकत्वमा २०१८ जनवरि १४ मा बुद्ध प्रतिमा स्थापना अभियान सचिबालय स्थापना गरिएको थियो। सचिवालयले नै  आर्थिक अभियान संचालन गरेर नेपाल देखि बुद्दको प्रतिमा खरिद गरि वाउजङसा गुम्बामा स्थापना गर्ने महत्वपुर्ण कार्य सम्पन्न गरेको हो। अभियानको बाकी काम मध्ये सहयोगदाताको नामावली मेटलमा लेखेर राख्ने, नेपाली शैलीको घन्टी  र धुपदानीको पनि ब्यवस्था  र नेपालको पहिचान  झल्किने केहि हिमालको चित्र, लुम्बिनीको तस्बिर पनि राख्ने काम सकि सकेको  सचिबालयले जनाएको छ।

बुद्द प्रतिमा खरिद गर्नको लागी कोरियामा रहेका नेपाली संघ संस्था र ब्यक्ति बिशेषले  आर्थिक सहयोग गरि ५ करोड  वन बढि रकम संकलन गरिएको थियो भने वाउछङसा गुम्बाले पनि करिब ५ करोड वन खर्च गरि बुद्द मुर्ति राख्ने नेपाली शैलीको सानो स्तुपा निर्माण गरेको हो।

तसर्थ कोरियामा रहेका सम्पुर्ण संघ संस्था ब्यक्ति बिशेषहरूलाइ उक्त बिशेष दिनमा उपस्थित भै दिनु हुन सचिबालयले बिशेष अनुरोध गरेको छ। साथै जातिय संस्थाहरूलाइ आफ्नो जातिय पोशाकमा उपस्थित भैदिनु हुन पनि सचिबालयले अनुरोध गरेकोछ।

स्थान: याोङ्गीन सिटी, वाउछङसा गुम्बा परिसर
मिति:२०१९ मे १२ तारिख, आइतबार
समय : बिहान ९ बजे देखि पुजा,१० बजे  र्याली,
औपचारिक कार्यक्रम १२ बजे देखि २ बजे समापन

नोट: दाोङदेमुन  हिस्ट्रि एण्ड कल्चर पार्कबाट बसको ब्यवस्था

बस छुट्ने समय : बिहान ७:३० बजे

प्रतिक्रियाहरू