कोरियामा बृहत रुपमा मनाइयो बुद्व जयन्ति , अभियान्तालाई सम्मान पनि ( फोटो फिचर सहित )

506

कोरियामा २५ सय ६३ औं बुद्व जयन्ति भब्यता साथ मनाइएको छ l गत बर्ष नेपाली सम्पर्क समितिको बिसेष पहलमा कोरियाको योंगिन स्थित धार्मिक पर्यटकीय स्थल वाउजंसा गुम्बामा नेपाल बाट निर्माण  गरि ल्याइएको बुद्व प्रतिमा स्थापना गरिएको थियो l

बुद्व प्रतिमा स्थापमा भएको बार्षिक उत्सब तथा बुद्व जयन्तिको अवसर पारेर सचिवालय समितिले उक्त स्थानमा आइतबार बिसेष  कार्यक्रमको आयोजना गरेको थियो l कार्यक्रममा  नेपाली  पन्चेवाजा सहितनेपाली  झंकिको प्रदर्शन गरिएको थियो l सयौं नेपाली हरुको उपस्थितिमा भएको उक्त कार्यक्रम गुम्बामा आएका कोरियनले  समेत निकै उत्साहका अबलोकन गरेका थिए l

कोरियास्थित नेपाली दुतावासका द्वितीय सचिब उद्वव नौपानेको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा बुद्व प्रतिमा स्थापना अभियानमा सहयोग गर्नुहुने अभियान्ता तथा बिभिन्न संघ संस्थाहरुलाई सम्मान समेत गरिएको थियो l
दोस्रो चरणको कार्यक्रममा कलाकारहरुले नेपालीको तर्फदेखी नृत्य समेत प्रदर्शन गरेका थिए l

कोरियाली भूमिमा नेपाली बाजागाजा सहित बिबिध कार्यक्रम गरि आफ्नो देशको कला संस्कृति पर्दर्शन गरिनाले एकातर्फ देशको चिनारी बढ्ने तथा कोरियनहरु  बीच बुद्वको जन्मस्थान बारे भ्रम चिर्न सहज हुनुका साथै नेपाल पर्यटन बर्ष २०२० लाइ थप टेवा पुग्ने अधिकांस उपश्थित हरुले बताएका थिए l

प्रतिक्रियाहरू