कोरियामा बृहत साहित्य मेला हुने

388

प्रवासमा रहेर पनि कला ,गला र श्रष्टाको प्रबर्धन गर्दै आइरहेको नेपाल मुक्तक प्रतिष्ठान दक्षिण कोरिया शाखाले आगामी सलानालामा बृहत साहित्य मेला गर्ने भएको छ l सलनालको दोस्रो दीन अर्थात फेब्रुरी ५ तारिक राजधानी सियोलमा गर्न लागिएको उक्त साहित्य मेलामा कोरियामा रहेका बिभिन्न श्रष्टा हरुले आफ्नो साहित्यितिक  प्रस्तुति दिने प्रतिष्ठानका कोषाध्यक्ष  तथा कार्यक्रम संयोजक लोकराज न्यौपानेले बताए l
यसरी प्रस्तुति दिने श्रष्टा हरुमा जनक सन्याल ,बोनम प्रताप ,शुष्मा रानाहँमा, गोपीकृष्ण लामिछाने ,छाबिसित कुलुङ , नबिन नेपाल ,अर्जुन लामा ,दिपेन्द्र भट्टराई तथा निर्दोष शिब रहेका छन् l
कार्यक्रमलाइ सभ्य र भब्य रुपले सफल बनाउनको निमित्त कोरियामा रहेका सम्पूर्ण साहित्यप्रेमी माहानुभाव हरु , बुद्दिजीवी ,संघ संस्थामा आबद्व ब्याक्तित्व , पत्रकार लगाएत सम्पूर्ण लाइ उपस्थितिको लागि प्रतिष्ठानले हार्दिक अपिल समेत गरेको छ l
कार्यक्रम वारे थप जानकारी
स्थान – नेपाल हाउस सियोल
मिति – फेब्रुरी ५ ,२०१९
समय – बिहान १० बजे देखि
आयोजक -नेपाल मुक्तक प्रतिष्ठान दक्षिण कोरिया शाखा