कोरियामा बेरोजगारी संख्या २ बर्ष यताकै उच्च , उत्पादनमुलक क्षेत्रमा सबैभन्दा कम रोजगारी

761

कोरियामा बेरोजगारी संख्या गत फेब्रुरीमा मात्र १३  लाख नाघेको छ  l सुस्त आर्थिक वृद्धिका कारण युवा बेरोजगारीको अवस्था उच्च रहेकाले समग्र बेरोजगारी दर उकालो लागेको बुधाबार प्रकाशित एक   सरकारी प्रतिवेदनले देखाएको छ ।
सरकारको अस्थिर मजदुर नीतिका कारण धेरै जसो उत्पादनमुलक क्षेत्रका कम्पनि हरुले रोजगारी कटौती गर्न थालेपछि बेरोजगारी संख्या बढ्न भएको विज्ञहरु बताउछन l यद्धपि सरकारले गत महिना मात्र २ लाख ६३ हजार नयाँ रोजगारी सृजना गरेको थियो l तर पनि बेरोजगारीको संख्या भने  घट्न नसकेको तथ्यांकमा उल्लेख छ l
गत फेब्रुरीमा मात्र  १ लाख ५१ हजार युवाले उत्पादनमुलक क्षेत्रको  रोजगारी गुमाएका छन  भने जनवरीमा १ लाख ७० हजारले रोजगारी गुमाएका थिए l
यसरि रोजगारी गुमाउनुको मुख्य कारण महँगो मजदुर ल्याला रहेको भन्दै आर्थिक विश्लेक हरुले लगातार बढ्दो ज्याला सम्बन्धि नीतिमा सुधार गर्नु  पर्ने सरकारलाई सुझाब दिएका छन् l
उत्पादनमुलक  क्षेत्रमा रोजगारी गुमाएपछी धेरै जसो युवा कृषि तथा मत्स्यपालन तर्फ आकर्षित हुन् थालेका छन l  ” यसरि  इच्छाले भन्दा पनि बाध्यतावस जिविकोपार्जनको लागि युवाहरु कृषि क्षेत्र तर्फ आकर्षित हुनु राम्रो संकेत होइन ”  सियोल युनिभर्सिटीका अर्थविद युन छाङ्ग ह्युन बताउछन l
त्यस्तै अर्थ मन्त्रि होंग नाम्कीले अर्थ ब्याबस्था सम्बन्धि बैठकमा  निजि क्षेत्रको लगानी सुस्त हुन गएकाले बेरोजगारी दर बढ्न गएको बताए l उनले मन्त्रालयले यो बर्ष भित्रै  रेलमार्ग तथा अन्य बाटो निर्माणमा १३ ट्रीलियन कोरियन वन  खर्च गर्न लागेकोले थप रोजागरी सिर्जना हुनेमा आफु बिश्वस्त रहेको समेत बताए l
.

प्रतिक्रियाहरू